• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डे – ७  मैदुपोखरीमा वडा कार्यालय भवन शिलान्यास




सल्यान,६ फागुन । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर – ७ मैदुपोखरीमा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीचमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले भवनको शिलान्यास गर्नु भएको छ ।

उक्त भवन शिलान्यास कार्यक्रम बोल्दै नगर प्रमुख बुढाथोकीले पाँच वर्ष भित्र सबै वडा कार्यालयहरु सरकारी भवनबाट जनतालाई सेवा दिने गरि लाग्ने बताउनु भएको छ । समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई समेत आग्रह गर्नु भएको छ । शिवशक्ती प्रीजमा निर्माण सेवा कम्पनीले भ्याट बाहेक ७७ लाखमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ । ५ कोठाको एक तलाको भवन बन्न समेत बताएको छ

Facebook Comments