• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हरेक जनयुद्ध दिवसमा दीप प्रज्वलन गर्ने नमूना परिवार




दशैं तिहार वा आस्था राख्ने धर्म संस्कृतिअनुसार आफ्नो चाडपर्व मनाउनु प्रायः सबै नेपालका लागि नियमित कार्य जस्तो मानिन्छ । यसरी नै दाङको एउटा परिवारले हरेक वर्षको जनयुद्ध दिवसमा आफ्नो घरमा दीप प्रज्वलन गर्ने गरेको छ । त्यति मात्र होइन, जनयुद्ध दिवसको दिन चाडपर्वमा जस्तै आफन्तसहित मीठो मसिनो खाने पनि यो परिवारका लागि नियमित चलन जस्तै बनेको छ ।

यो परिवारले विसं २०६७ सालदेखि निरन्तर जनयुद्ध दिवसको साँझ दीप प्रज्वलन गर्दै आएको छ । घोराही उपमहानगरपालिका ३ स्थित भागीदास चौधरी ‘साकार’को परिवारले हरेक वर्ष नियमित जनयुद्ध दिवसमा दीप प्रज्वलन गर्दै आएको छ । सानैदेखि जनयुद्धमा होमिएको यो परिवारले संस्कारकै रुपमा जनयुद्ध दिवसमा दीप प्रज्वल गर्ने गरेको छ ।

हाल नेकपा माओवादी केन्द्र दाङका जिल्ला सदस्य एवं घोराही उपमहानगरका सचिव रहनुभएका साकारले परिवारमा जनयुद्ध दिवसलाई नियमित संस्कारकै रुपमा मनाउने गर्नुभएको छ । ‘म र मेडम घरमा नहुँदा पनि छोरीहरुले फागुन १ गते नियमित जनयुद्ध दिवस मनाउँछन्’– उहाँले भन्नुभयो । यसपटक पनि छोरीहरुले घरको चारैतिर २८ वटा दीप प्रज्वल गरेर जनयुद्ध दिवस मनाएका छन् । साकारका तीन छोरी रहेका छन् र छोरीहरुलाई साकारले ‘कमरेड’ भनेर सम्वोधन गर्ने गर्नुभएको छ । ‘मैले उहाँहरुलाई कमरेड भनेर सम्वोधन गर्ने गरेको छु’– साकारले भन्नुभयो– ‘कमरेड शब्द हाम्रो परिवारमा सबैभन्दा प्यारका साथ प्रयोग हुने शब्द हो ।’

सानै उमेरदेखि जनयुद्धमा होमिएको र जनयुद्धमै भाई रामप्रसाद चौधरीलाई गुमाएकाले पनि साकार र उहाँको परिवारका लागि माओवादी आन्दोलन र जनयुद्ध निकै प्रिय बन्न पुगेको छ । ‘अरुले आफन्तको सम्झनामा तिथि र श्राद्ध गर्छन्, हामीले जनयुद्ध दिवसको दिन दीप प्रज्वलन गरेर भाई रामप्रसादसहित सम्पूर्ण सहिदहरुको सम्झना गर्ने गर्दछौं ।’

यही दिन अन्य दिनभन्दा मिठो मसिनो पकाएर आफन्तसहित खाने र सामूहिकरुपमा जनयुद्ध दिवस दिवस मनाउने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

Facebook Comments