• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब समाज रुपान्तरणमा महिला अगाडि आउनुपर्छ : मन्त्री शर्मा




दाङ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले स्वर्गीय लिलादेवी पौडेलकाे स्मृतिग्रन्थ विमाेचन गर्नुभएको छ । घाेराही उपमहानगरपालिका वडा नं. ६ निवासी पौडेल निवासमा आयाेजित बार्षिक पुन्यतिथीको अबसरमा लिलादेवीको सम्झनामा लिखित पुस्तककाे बिमाेचन गर्नुभएको हाे ।

पुस्तक विमाेचन गर्दै मन्त्री शर्माले नेपाली समाजमा महिलाले भाेग्नु परेकाे समस्या कृतिमा समाबेस भएको उल्लेख गर्नुभयाे । समाज बदल्न महिलाले जस्ताे सुकै भुमिका खेलेपनि महिला पिधमा पर्ने भन्दै सबैले समाज रुपान्तरणमा जाेड दिनुपर्ने धारणा राख्नु भयाे ।

मन्त्री शर्माले आफ्नै स्वर्गीय आमाका कयौं भाेगाई पुस्तकमा समेटिएको बताउँदै याे स्मृति ग्रन्थ उत्कृष्ट रहेकाे बताउनु भयाे । हेमन्त पौडेल र शिवराज पौडेल द्वारा प्रकाशन गरिएको ग्रन्थ १ सय ६२ पृष्ठ रहेकाे छ । ग्रन्थकाे संरक्षकका ऋषिराज जंगली रहनु भएको छ । ।

Facebook Comments