• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महोत्सव रोक्न विप्लव नेकपाको आग्रह, महोत्सव नरोके कठोर संघर्ष गर्ने चेतावनी




दाङ, १ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्यूठानले महोत्सव रोक्न मूल आयोजक समिति र प्यूठान उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ ।

पार्टीका सेक्रेटरी परिवर्तन सीले आइतबार एक प्रेस विज्ञप्ति जारी महोत्सवले दिन प्रतिदिन बढ्दै गइरहेको आर्थिक मन्दीको यो समयमा जिल्लाको पुँजी पलायन गर्ने, विकृति विसंगती, अश्लीलता र फिरंगी सभ्यता भित्र्याउने भन्दै प्यूठानमा यही फागुन ४ गतेदेखि १४ गतेसम्म संचालन हुने लुम्बिनी प्रदेशस्तरीय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक व्यापार मेला संचालन नगर्न आग्रह गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी प्यूठानका सेक्रेटरी परिवर्तन सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ` मिति २०७१ फाल्गुन ४ गते देखी १४ गते सम्म “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार” भन्ने मुलनारासहित कथित लुम्बिनी प्रदेशस्तरीय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्वारी प्यूठान पाँची महोत्सव २०७९ सन्चालन हुन लागेको विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।No description available.

अहिले सम्म कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार “वा लुम्बिनी प्रदेशस्तरीय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक व्यापार मेला जे जे फगत नाम दिए पनि मुल आयोजक समिती र केहि विचौलिया मोटाउने र हिसाव कितावमा सधै आशिक घाटा वा थोरै बचत भन्ने वाहेक अरु केहि प्रगति नभएको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ । दिन प्रतिदिन बढ्दै गइरहेको आर्थिक मन्दीको यो समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अश्लीलता र फिरंगी सभ्यता भित्रयाइनुलाई पक्कै राम्रो मान्न सकिदैन ।´

जिल्लाका राजनैतिक दल, उद्योगी, व्यवसायी, कृषक, बुद्धिजिवी र आम प्यूठानवासीले साँच्चिकै अपनत्व लिने अवस्था नहुंदासम्म यस्ता खाले कथित महोत्सव सन्चालन नगर्न मुल आयोजक समिति र प्यूठान उद्योग वाणिज्य संघलाई हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ । अन्यथा कठोर संघर्ष गरी महोत्सव प्रभावित पार्नेसम्म पार्टी वाध्य हुनेछ । यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मेवार आयोजक स्वयम हुने पनि जानकारी गराउँछौं जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ, नेपाल कम्युनिस्ट प्यूठानले जारी गरेको प्रेस विज्ञप्ति : हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टीले विगतदेखि नै राष्ट्रिय स्वाधिनता, जनजिविका, भ्रष्टाचार विरुद्धको अभियान, विभिन्न खाले सामाजिक विकृती र विसंगतिका विरुद्ध त्यसैगरी दलाल माफियाहरुको जनकार्वाही सहित सम्झौताहिन संघर्ष गर्दै यो तहसम्म आएको कुरा सबैलाई अवगत नै छ । यसै सेरोफेरोमा रहेर यहि मिति २०७१ फाल्गुन ४ गते देखी १४ गते सम्म “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार” भन्ने मुलनारासहित कथित लुम्बिनी प्रदेशस्तरीय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्वारी प्यूठान पाँची महोत्सव २०७९ सन्चालन हुन लागेको विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । लुम्बिनी, स्वर्गद्वारी जस्ता अद्वितिय ऐतिहासिक र पर्यटकिय सम्पदा सहितको प्राकृतिक विविधताले भरिपुर्ण यस लुम्बिनी प्रदेशमा थुप्रै सम्भावनाहरु रहेको कुरामा कुनै दुइमत नै छैन् ।

त्यसैगरी २०७१ मा सन्चालित मध्यपस्चिम क्षेत्रिय स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सव २०७४ मा सन्चालित स्वर्गद्वारी प्यूठान तेस्रो महोत्सव र २०७६ मा सन्चालित स्वर्गद्वारी प्यूठान चौथो महोत्सवको अवधिमा पार्टीको केन्द्रिय संघर्ष नेपाल बन्द र प्यूठान बन्दसम्मको कार्यक्रमहरु रहँदा पनि महोत्सवलाई अवरोध नहुने गरी नेपाल बन्द र प्यूठान बन्दका कार्यक्रमहरु प्यूठानमा फिर्ता लिई महोत्सवलाई सहयोग गरेको इतिहास पनि सांक्षी छ । अहिले सम्म कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार “वा लुम्बिनी प्रदेशस्तरीय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक व्यापार मेला जे जे फगत नाम दिए पनि मुल आयोजक समिती र केहि विचौलिया मोटाउने र हिसाव कितावमा सधै आशिक घाटा वा थोरै बचत भन्ने वाहेक अरु केहि प्रगति नभएको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

दिन प्रतिदिन बढ्दै गइरहेको आर्थिक मन्दीको यो समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अस्लिल्ता र फिरंगी सभ्यता भित्रयाइनुलाई पक्कै राम्रो मान्न सकिदैन । त्यसैले जिल्लाका राजनैतिक दल, उद्योगी, व्यवसायी, कृषक, बुद्धिजिवी र आम प्यूठानवासीले साँच्चिकै अपनत्व लिने अवस्था नहुदासम्म यस्ता खाले कथित महोत्सव सन्चालन नगर्न मुल आयोजक समिति र प्यूठान उद्योग वाणिज्य संघलाई हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ । अन्यथा कठोर संघर्ष गरी महोत्सव प्रभावित पार्नेसम्म पार्टी वाध्य हुनेछ । यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मेवार आयोजक स्वयम हुने पनि जानकारी गराउँछौं ।

सेक्रेटरी क. परिवर्तन सी

Facebook Comments