घोराही, २९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले हुलाकको पुनर्संरचना हुनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा लगायत जिल्लामा क्रियाशील पत्रकार संगठनको संयुक्त रुपमा आज बिहान घोराहीमा आयोजना गरिएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्री शर्माले एउटा हुलाकले चार महिनामा ३ वटामात्र चिठी बोकेको भन्दै हुलाकको राम्रोसँग पुनर्संरचना गर्नुपर्ने बताइन् । उनले अतिरिक्त हुलाकमा व्यक्तिगत चिठी आदाप्रदान गर्ने भएतापनि व्यक्तिगत चिठी समाप्त भएको कुरामा जोड दिँदै अहिले अदालतका मुद्धाका चिठी लगायत एक/दुई वटा चिठी हुलाकमार्फत पठाइने भएको हुँदा एउटा हुलाकले चार महिनामा ३ वटा चिठी बोकेर बस्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् ।
‘हुलाक परम्पारगत ढंगले अगाडि बढिरहेको अवस्था छ,’ उनले भनिन् ‘त्यसकारण हुलाकको पुनर्संरचना गर्ने, त्यसलाई नयाँ ढंगले अपग्रेड गर्ने र अहिले अन्तराट्रिय पोष्ट अफिसले जुन ढंगले संचालन गरेका छन् । हामीले पनि त्यो ढंगले सञ्चालन गर्ने गरेर प्रतिवेदन तयार भएको छ । त्यो प्रतिवेदनलाई लागु गरेर अगाडि लाछौं ।’
अहिले आम सञ्चारको क्षेत्र जसरी विकास भइरहेको छ, तर त्यसलाई एउटा सञ्चारको रुपमा स्वीकार गर्ने र त्यहाँभित्रका समस्यालाई नियमन गर्ने कानून पनि आफूहरुसँग नभएको बताइन् । त्यसकारण यो सञ्चार विधेयकलाई अगाडि बढाउन जरुरी छ, उनले भनिन् ।
मन्त्री शर्माले यो मन्त्रालयसँग जोडिएको एउटा अभिन्न अंग सूचना प्रविधि भएको र हामी सूचना प्रविधिमा हिजोको तुलनामा आज धेरै अगाडि आएको बताइन् । उनले सूचना प्रविधि क्षेत्रमा त्यो खालका आवश्यक कानूनको समस्या रहेको भन्दै आफूहरुले साना भन्दा साना काम पनि बाहिरबाट गराउने गरेको र त्यसलाई पनि आत्मनिर्भर बनाउने देशभित्रै त्यस्ता खालका आइटीका जनशक्तिलाई रोक्नेतर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।
प्रवक्ता शर्माले घोराही– तुलसीपुर फोर लेन सडकको बारेमार आफू निरन्तर लागि परेको र फोर लेनको विषयमा काठमाण्डौं छलफल पनि जारी राखेको जानकारी गराइन् ।
प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष अजयदीप शर्मा, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकारहरुको तर्फबाट सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरुको तर्फबाट प्रताव रेग्मीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं सन्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीति दल लगायत विभिन्न मिडियाका प्रकाश, सम्पादक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रेस युनियन दाङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
