• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने राप्ती गाउँपालिकाको निर्णय




दाङको राप्ती गाउँपालिकाले २०७९ साल फागुन १ गते साेमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आज आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष तथा गाउँपलिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो।

प्रवक्ता चाैधरीका अनुसार २०७९ साल फागुन १ गते सोमबारका दिन गाउँपालिका र त्यस अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ।

तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट १० वर्षसम्म सशस्त्र जनयुद्ध  सञ्चालन गरेको थियो ।

यो संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिईएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो।

अध्यक्ष विष्टले भन्नुभयो,”तत्कालिन व्यवस्थालाई परिवर्तन गर्ने लक्ष्यका साथ सुरु भएको एतिहाँसिक जनयुद्धको सम्झना तथा त्यस आन्दोलनमा साहादत प्राप्त गर्ने सम्पूर्ण सहिद,घाईते अपाङ्ग,वेपत्ताहरुको सम्मान स्वरुप गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।”

Facebook Comments