• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पद्माेदय क्याम्पसद्वारा साप्ताहिक बित्तीय साक्षरता कार्यक्रम सम्पन्न




बिष्णु गाेराथाेकी
दाङ, २८ माघ । पद्माेदय क्याम्पस शिक्षक-विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ । क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने र विद्यार्थिको नेतृत्व गर्न सक्ने क्षमतामा विकास गर्ने उदेश्यले सन्चालन भएको बित्तिय साक्षरता कार्यक्रममा घाेराहीका प्लस टु सञ्चालन भएमा सात वटा बिद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

पद्माेदय पब्लिक नमुना मा.बि भरतपुरबाट सञ्चालन भएको कार्यक्रममा शिक्षक निश्चल आचार्यले कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे । कार्यक्रममा व्यवस्थापन र बिज्ञान सङ्काय तर्फका जम्मा १९३ जनाकाे सहभागीता रहेकाे थियाे । दाेस्राे दिन राेमन अधिकारि र मदन खनालकाे स्वागत मन्तव्य बाट सुरुभएकाे कार्यक्रममा रझेना माबिका व्यवस्थापन र बिज्ञान सङ्काय तर्फ जम्मा १०५ जना सहित शिक्षक पदम आचार्य र भेषराज भण्डारी रहनुभएकाे थियाे । तेस्रो दिन रमेश घिमिरे र किरण पौडेल काे मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा माउन्ट भ्युका १२८ जना बिद्यार्थी सहभागी रहेका थिए ।

चौथो दिन श्रि मा बि डाडागाउ गाेग्लिमा सम्पन्न भएको कार्यक्रममा ३९ जना बिद्यार्थी सहभागी रहेका थिए , उक्त कार्यक्रमकाे स्वागत मन्तव्य अजय शर्माले राख्नुभएको थियाे , यसैगरी श्रि गङ्गा माबि रामपुरमा सम्पन्न भएको कार्यक्रममा ४० जना बिद्यार्थी सहभागी रहेका थिए ।

पाँचौ दिन माबि जजरागाउँ का प्र अ. बिप्लप अधिकारीकाे स्वागत मन्तव्य बाट सुरुभएकाे कार्यक्रममा शिक्षा र व्यवस्थापन संकायका ४६ जान सहयोगी रहेका थिए, कृष्ण कुमार न्यौपाने र ध्रुव अधिकारीकाे उपस्थितिमा शिक्षक मेधराज अधिकारी, टङ्क प्रशाद पौडेल र रिमा गौतमले कार्यक्रमकाे समिक्षा गर्नुभएको थियाे ।

छैठौं दिन जनज्योति बिद्यामन्दिरमा सम्पन्न भएको कार्यक्रममा व्यवस्थापन र बिज्ञान सङ्काय तर्फका जम्मा २२ जना बिद्यार्थीकाे सहभागिता रहेकाे थियाे ।

अन्तिम सातौं दिन कार्यक्रमकाे समिक्षा गरि समापन गरिएको थियाे ।।

शिक्षक विद्यार्थी समन्वय समितिले यस क्याम्पसको वृद्धि र बिकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै क्याम्पसबाट सञ्चालित सम्पुर्ण कार्यक्रम को आयोजना गर्दै आएको छ। यस समितिले विद्यार्थी र शिक्षक बिच संमन्वय गर्न पनि सहज तुल्याएको छ। बिद्यार्थीहरुले पढेका कुरालाई व्याबहारिक रुप दिन नसक्ने र धेरै त्रुटि गरिरहने भएकोले क्याम्पस समितिले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे थिए ।

कार्यक्रममा समितिका अध्यक्ष बिष्णु गाेराथाेकी, सचिव नारायण न्यौपाने , सह-सचिव दिपक पाण्डे, र टङ्क डांगीले बित्तीय साक्षरताकाे प्रशिक्षण दिनुभएको थियाे भने काेषाध्यक्ष उर्मिला वलि र सदस्यहरु सुस्मिता चौधरी, निर्मला कालाथाेकी, अस्मिता भण्डारी, शिल्पा केसि र शिरीष रेग्मीले साप्ताहिक बित्तीय साक्षरता कार्यक्रमकाे सञ्चालन गर्नु भएको थियाे ।

Facebook Comments