• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यार्थीमाथि आक्रमण गर्ने गिरोहलाई तत्काल कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग




घोराही, २८ माघ । अनेरास्ववियू (क्रान्तिकारी) दाङले बंगलालचुली गाउँपालिका वडा नम्बर ५ मा रहेको सुधा माद्यामिक विद्यालय केल्नेटामा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय आउदै गर्दा शुक्रबार बिहान अपरिचित व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । संगठनले आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

संगठनले विद्यार्थीमाथि आक्रमण गर्ने अपराधिक गिरोहलाई तत्काल कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग गरेको समेत गरेको छ । घाइते विद्यार्थीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पीडित परिवारलाई उपलब्ध गराउन हुन सम्बन्धित पक्षलाई हार्दिक अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियू (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ -` दाङको बंगलालचुली गाउँपालिका वडा नम्बर ५ मा रहेको सुधा माद्यामिक विद्यालय केल्नेटामा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय आउदै गर्दा अपरिचित व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति हाम्रो महान तथा गौरवशाली संगठन अखिल (कान्तिकारी) दाङको गम्भिर ध्यानाकर्षण भएको छ ।

विहान करिव ५ बजेको समयमा ट्युसन पढ्न जाने कममा बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को जलजला भन्ने जंगलमा तिन जनाको समूहमा आएका मुखमा नकाव लगाएका अपरिचित पुरुषहरुको आक्रमणवाट बंगलाचुली गाउँपालिका वडा नम्बर ६ गंदारी निवासी कक्षा ८ मा अध्ययन गर्ने १२ वर्षिया अन्जना पुनमगर, १३ वर्षिया रुची पुन, १५ वर्षिया सम्झना वली, १३ वर्षिया इसा वली, कक्षा ९ मा अध्ययन गर्ने १६ वर्षिया रेखा केसी र कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षिया वर्षा पुन घाइते भएका छन् । ´

उक्त घटनाले विद्यार्थीहरुमा डर एवम आम अभिभावकमा त्रास उत्पन्न भएको छ तसर्थ विद्यार्थी माथि आक्रमण गर्ने अपराधिक गिरोहहरुलाई तुरुन्त कार्वाहीको दायरामा ल्याउनका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । साथै घाइते विद्यार्थीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्बन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments