✍️नेपाल पुँजी बजारका एक लगानीकर्ता ओपेन्द्र दाहालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर लगानीकर्ताको नजरमा ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तो भएको बताएका छन् ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे आफ्नो प्रारम्भिक प्रतिक्रिया दिदै उनले लगानीकर्ताले ४ वटा माग मात्र राखेको तर ति कुनै पनि सम्बोधन नभएकोले अर्धवार्षिक समीक्षा शेयर लगानीकर्तालाई ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तो भएको बताएका हुन्।
उनले आफुहरुले राखेको ४/१२ को नीति मध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री, र गभर्नरलाई विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको बताएकाछन । त्यस्तै उनले शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने बताएका छन् ।
लगानीकर्ता संघहरुले १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनु पर्ने, आ.व. २०७९/८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने, विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गरिनु पर्ने र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गरिनु पर्ने सुझाव दिएका थिए।
साथै आफुहरुले राखेका विषय आगामी दिनमा अन्य निर्देशन मार्फत पुरा हुने अपेक्षामा रहेको बताएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।