घोराही, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) दाङले महेन्द्र बहुमुखी क्याम्पस संगठन विस्तार अभियानलाई तीब्र बनाएको छ । क्रान्तिकारीले स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पसमा संगठन विस्तार अभियानलाई तीब्र बनाएको हो ।
संगठनले आज शुक्रबार महेन्द्र बहुमुखी क्याम्पसको बिएसी प्रथम वर्षमा कुलराज बिष्टको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सृजना खरेल र ललित पुन , सचिबमा दिपक घर्ती मगर सह सचिबहरुमा पार्वती कुमाई, लोकेन्द्र डागि र रोसन खड्का र कोषाध्यक्षमा अस्मिता चौधरी रहनु भएको छ ।
अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , हरिराम यादब,प्रकास शाहि लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण दिपक ओलिले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
