• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
परिवार नियोजन संघ दाङको प्रसुति भवन उद्घाटन




घोराही, २७ माघ । नेपाल परिवार नियोजन संघ दाङ शाखाले जापानीज दूतावासको आर्थिक सहयोगमा निर्मित गरेको प्रसुति भवनको उद्घाटन गरेको छ ।No description available. संघले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त भवनको उद्घाटन गरेको हो ।No description available.

लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले ६७ वर्षदेखि नेपाल र जापानबीच औपचारिक रुपमा दोयत्त सम्बन्ध कायम गरेर अगाडि बढिरहेको बताए । No description available.कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री आचार्यले जापान सरकारले नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र र भौतिक पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै लुम्बिनी प्रदेशको तर्फबाट जापान सरकारलाई धन्यवाद व्यक्त दिए ।

आगामी दिनमा हामीबीच भएको यो दोयत्त सम्बन्धलाई अझै प्रगाढ बनाउदै जानुपर्ने अपेक्षा गर्दै मन्त्री आचार्यले बिगतदेखि जापान सरकारले नेपाललाई गर्दै आएको यो सहयोगलाई अझै निरन्तरता दिन आग्रह समेत आग्रह गरे । जापानको सहयोगमा निर्माण भएको यो प्रसुति भवनले आम दाङबासीलाई सेवा प्रवाह गर्ने र यो सेवालाई थप प्रभावकारी बनाउनका निमित्त साथ, सहयोग र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मन्त्री आचार्यको भनाइ थियो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि महामहिम जापानी राजदुत किकुता युतकाले एसियाको प्रसिद्ध उपत्यका दाङमा आउन पाउँदा आफू निकै खुसी भएको बताए ।No description available. निर्मित भवनको उद्घाटन गर्दै राजदुत युतकाले बच्चाहरुलाई सुरक्षीत स्थान राख्न र आमाहरुको स्वास्थ्यमा सुरक्षा गर्न दाङमा यो प्रसुती भवन संचालनमा आएको उद्घोष गरे ।

यो गतिविधिले भविष्यका कर्णधार बालबालिका तथा पुनर्जन्म दिने आमाहरूको सुविधाको लागि मात्र नभइ स्थानीयस्तरका समुदायलाई समेत योगदान पुग्ने राजदुत युतकाको भनाइ थियो ।

संस्थाका महानिर्देशक डा. नरेशप्रताप केसीले संस्थाबाट हुने सेवाको बारेमा प्रकाश पार्दै परिवार नियोजन संस्था एउटा भोलिएन्टेर रुपमा काम गर्दै आएको बताए । उनले जापानी सहयोग मध्ये ८० लाखमा भवन निर्माण भएको र २० लाख रुपैयाँले उपकरण खरिद गरेर सेवा विस्तार गरेको उद्घोष गरे । २०३४ सालमा स्थापना भएको यो संस्थाले आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र यो संस्था स्थापना भएदेखि यहाँको बालबालिकाको मृत्युदर कम हुँदै गएको उनको भनाइ थियो ।No description available.

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य प्रचण्ड बिक्रम न्यौपानेले नेपाल र जापानीबीच पुरानो सम्बन्ध रहेको बताए । उनले जापानले नेपाललाई निस्वार्थ रुपमा सहयोग गर्दै आइरहेको र देश बन्नका लागि राजनीतिमा स्थायित्व हुनुपर्ने कुरामा जोड दिए ।

नेपाल परिवार नियोजनका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले २०१९ सालमा दाङमा प्रसुति भवन बनाउने सम्झौता भएतापनि कोभिडका कारणले समयमै सम्पन्न गर्न नसकिएको बताए । उनले संस्था स्थापना भएको ६३ वर्षको लामो समयको उतारचढावका बीचमा पनि निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको स्मरण गराउदै आगामी दिनमा पनि जानानको थप सहयोग हुने अपेक्षा व्यक्त गरे ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, जिल्ला प्रशासन कार्यालय दाङका प्रजिअ सुशील वैद्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।No description available.

नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको प्रमुख अतिथि तथा महामहिम जापानी राजदुत किकुता युतकाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

संघका दाङ शाखाका सभापति तिर्थराज सन्तोषीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण संघको सचिव माया पोख्रेलले गरेकी थिइन् ।

Facebook Comments