घोराही, २७ माघ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) दाङ शाखाको तेस्रो अधिबेशन सम्पन्न भएको छ । शाखाले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी सो अधिवेशन सम्पन्न गरेको हो ।
उक्त अधिवेशनले दाङ शाखाका अध्यक्ष ध्रुब ठकुरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सीता देबि चौधरी, सचिबमा केशव दाहाल,
कोषाध्यक्षमा गोमा आले र सहसचिव बलदेव मल्ल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा गुरु प्रसाद ज्ञवाली,कुल प्रसाद रजौरे,बिमल बस्नेत,शिवा चौधरी,डिल कुमारी केसि,सुर्य प्रकाश राना,भिम बहादुर बस्नेत र उमा बस्नेत चयन भएका हुन् ।
दाङ शाखाका अध्यक्ष ध्रुब ठकुरीको सभापति एवं खानेपानी डिभिजन कार्यलय दाङका प्रमुख भोला प्रसाद थापाको प्रमुख अतिथि तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थान प्रसाद गैरेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा
सामाजिक अभियानता तथा सस्थापक समन्वय कर्ता कमल गौतम,खानेपानी सरसफाइ उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष पुष्पा श्रेष्ठ,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहसचिव बलदेव मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शाखाका सचीव केशव दाहालले गरेका हुन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
