• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी




घाेराही । घोराही उपमहानगरपालिका १७ चौघेरा गोरक्ष रत्ननाथ मठको हाताभित्र रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।

आज बिहान करिव तीन बजे तिर आगलागी भएको थाहा पाइएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएको छ ।

बटुकको आवास तथा भोजनालय रहेको हल कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएको जानकारी भएपछि प्रहरी बटुक, साधु सन्त, दमकल तथा स्थानीय मिलेर आगो नियन्त्रणमा ल्याइएको थियो । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

Facebook Comments