• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा काङ्ग्रेसका क्षेत्रिय प्रतिनिधि नेपालीसहित स्वतन्त्र युवा नेकपामा प्रवेश




नबिन पिएम
सल्यान, २६ माघ । सल्यानमा दुईजना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएका छन। सल्यान नेपाली काङ्ग्रेसका क्षेत्रिय प्रतिनिधि तुलाधर नेपालीसंगै स्वतन्त्र युवा राेदिन श्रेष्ठ आज बिहीवार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली बनगाड कुपिण्डे नगरपालिका – १ सल्लिबजार निवासी हुन । उनी नेपाली काङ्ग्रेस केन्द्रीय तरुण विभाग अन्तर्गत रहेको बिपन्न तथा दलित समुदाय समन्वय समितिकाे केन्द्रीय सदस्य समेत रहेका थिए । भने श्रेष्ठ शारदा नगरपालिका खलंगा सल्यान निवासी हुन । नेकपामा प्रवेश गर्दै नेपालीले अब बैज्ञानिक समाजबाद तर्फ उन्मुख भएर लक्ष्यपूरा गर्न अब सबै युवा एकजुट हुनुपर्ने बताए ।

नेकपा सल्यानको संयुक्त बैठक बस्नु अघि २ युवाहरु उक्त पार्टीमा प्रवेश गरेका हुन । नवप्रवेशी युवाहरुलाई नेकपाका केन्द्रीय सदस्य सविन सीले टीका र माला लगाइदिएर पार्टीमा प्रवेश गराउदै स्वागत गरेका थिए ।

Facebook Comments