• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आफ्नै वडा बाट भत्ता पाउँदा गाउँका बृद्धबृद्धा खुसी




कमल कवर
बंगलाचुली गाउँपालिका वडा नं. ८, गोठीबन निवासी अमर बहादुर कामी बैंकले भत्ता वडा कार्यालयमै आएर दिएकोमा खुसी ब्यक्त गर्दै गाउँपालिकालले समस्या बुझिदिएकोमा धन्यावाद दिनु भयो । त्यसैगरी बंगलाचुली ७, बिर्खे निवासी डिमा पुन मगरले पनि गाउँपालिकाले सामाजिस सुरक्षा भत्ता बाड्न गाउँमा बैंक पठाइदिएकोमा आफुलाई निकै खुसी लागेको बताउनु भयो ।

दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बुझ्न आफ्नो वडा कार्यालयमा भेटिनु भएका दुबै अमर बहादुर कामी र डिमा पुन मगर विगत सम्झदै भन्नु हुन्छ पहिला भत्ता बुझ्नको लागि कित घोराही जानुपर्थ्यो कित कमिरेचौर जानु पर्ने बाध्यता थियो । जसले गर्दा जान आउन करिब दुई दिन लाग्थ्यो र भत्ता बुझेको आधि जसो पैसा खाने बस्ने र गाडी भाडामै सकिन्थ्यो । तर अहिले हामिलाई सजिलो भएको छ र खर्च पनि बँचेको छ । उनीहरुले यसैगरी सधै गाउँपालिकाले आफ्नै वडा बाट भत्ता बुझ्ने व्यवस्था गरिदिन आग्रह पनि गरे ।No description available.

दाङको बंगलाचुली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य भर्खरै सम्पन्न गरेको छ । बंगलाचुली गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको समन्वय तथा गाउँपालिका, सिटजन्स बैंक लिमिटेड बंगलाचुली शाखा र सम्बन्धित वडा कार्यालयहरुको सहकार्यमा भत्ता वितरण गरिएको हो । पहिला सिटिजन्स बैंकको बंगलाचुली शाखा र घोराही शाखा कार्यालयहरु बाट मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएकोमा आ। व। ०७९र८० को प्रथम त्रैमासिक देखि गाउँपालिकाले सम्बन्धित वडा कार्यालय तथा पायक पर्ने स्थानहरु बाट भत्ता वितरण कार्य थालनि गरेको छ ।

बंगलाचुली गाउँपालिकाको भोगोलिक विकटताका कारण बैंक सम्म पुग्न धेरै समय लाग्ने हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीहरुले धेरै सास्ती भोग्नु परेको गुनासोलाई सम्बोधन गर्दै जनतालाई स्थानिय सरकारको सेवा अनुभुत गराउने उद्देश्यका साथ यस्तो सेवा सुचारु गरिएको र आगामी दिनहरुमा पनि यस कार्यलाई निरन्तरता दिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (सवास) ले बताउनु भयो ।

राष्टिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने निर्णय गरि सबै स्थानिय तहहरुलाई सोही बमोजिम कार्यान्वयन गर्न परिपत्र गरे पश्चात बंगलाचुली गाउँपालिकाले पनि सबै ८ वटै वडाका लाभग्राहीहरुको भत्ता वितरण गर्ने गरी एक मात्र बैंक सिटिजन्स बैंक लि। बंगलाचुली शाखा संग सम्झोता गरी बैकिङ्ग प्रणाली मार्फत भत्ता वितरण गर्दै आईरहेको र विषम भौगोलिक अवस्थिती र पालिकामा एक मात्र बैंक भएको कारण लाभग्राहीहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्न चुनौती रहेको तर यसलाई व्यवस्थित गरिदै लगिने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताउनु भयो ।

बंगलाचुली गाउँपालिकामा अन्य जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्गता, अति असक्त अपाङ्गता र दलित बालबालिका गरी सात शिर्षकमा यस आर्थिक वर्षका लागि नविकरण गरिएका र नयाँ दर्ता भएका गरी जम्मा २४ सय ६३ जना सामाजिका सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु रहेकोमा भर्खरै सम्पन्न माघ ९ गते देखि १९ गते सम्म वितरण गरिएको विवरण अनुसार करिब ६३ प्रतिशत लाभग्राहीहरुले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिसकेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एम. आई. एस. ओ. कमल कवर मगरले बताउनु भयो ।

Facebook Comments