दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले ढुक्क भएर व्यापार व्यावसाय गर्ने वातावरण हुने बताएका छन् । भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी संग दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
सुरक्षाको व्यवस्थापन नहुदा व्यापार व्यावसाय अगाडि प्रजिअको भनाइ रहेको थियो ।जिल्लामा सबै क्षेत्रसंग सहकार्य गरे बढने समेत उनले बताए । सबै क्षेत्रको सहकार्यमा जिल्लामा रहेका समस्या समाधान गर्न तथा जिल्लाको विकासमा सहयोग रहने उनको भनाइ रहेको छ । निजी क्षेत्रको सहकार्यमा देशको आर्थिक विकास गर्न सकिने उनको भनाइ रहेको छ । आर्थिक विकासका लागि राज्य पि पि पि मोडेलमा अगाडि सारेको उनले बताए ।
आफुले जिल्लामा शुसासन कायम गर्न लागि पर्ने बताए । नागरिकले अनुभुति गर्ने गरेर काम हुने समेत बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले उद्योग वाणिज्य संघले व्यावसायीहरुको हक हित मात्र नभइ जिल्लाको आर्थिक विकास तथा विकास निर्माणको कार्यमा अगाडि वढी रहेको बताए ।
आउदा दिनमा पनि यसलाइ निरन्तरता दिइने बताए । ‘संघ सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि वढी रहेको छ आउदा दिनमा पनि यसलाइ निरन्तरता दिने छ ’ उनले भने । सबैको सहयोगले नै जिल्लाको आर्थिक तथा अन्य विकासको काम अगाडि वढाउन सकिने उनले बताए ।
कार्यक्रममा सहभागिहरुलाइ धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
