• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बित्तीय साक्षरता, व्याबहारिक ज्ञानमा जाेड दिनुपर्ने-पपनमाबि भरतपुर




पद्माेदय क्याम्पस शिक्षक विद्यार्थी समन्वय समितिले सञ्चालन गरेकाे साप्ताहिक बित्तीय साक्षरता कार्यक्रम आज पद्माेदय पब्लिक नमुना मा बि भरतपुरमा सम्पन्न भएको छ । घाेराहिमा सञ्चालन भईरहेका व्यवस्थापन र बिज्ञान तर्फ १२ मा अध्यान गरिरहनु भएका बिद्यार्थीहरुलाई बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हाे । पढेका कुरालाई व्याबहारिक रुप दिनका लागि बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हाे ।

पद्मोदय क्याम्पस लुम्बिनी प्रदेशको एक मात्र सामुदायिक क्याम्पस हाे । यस क्याम्पसले शैक्षिक गुणस्तर प्राप्तिबाट बञ्चित नराख्ने उदेश्य लिएको छ । यस क्याम्पसले घोराहीमा रहेका अन्य क्याम्पस भन्दा न्यून शुल्कमा उत्कृष्ट तथा अनुभबी शिक्षक द्वारा बिधार्थिलाइ अध्यापन गराउदै आएको छ। स्थापना भएको छोटो समयमा नै यस क्याम्पसले आफुलाइ अब्बल स्थापित गर्न सफल भएको छ। बिधार्थिलाई अध्ययनको क्रममा कुनै किसिमको बाधा उत्पन्न नहोस भन्ने उदेश्यले अाफ्नै भबनमा पठनपाठन गराईरहेकाे छ ।

शिक्षक विद्यार्थी समन्वय समितिले यस क्याम्पसको वृद्धि र बिकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै क्याम्पसबाट सञ्चालित सम्पुर्ण कार्यक्रम को आयोजना गर्दै आएको छ। यस समितिले विद्यार्थी र शिक्षक बिच संमन्वय गर्न पनि सहज तुल्याएको छ।

करिब ३०० जनाकाे सहभागी रहेको कार्यक्रममा विभिन्न शिर्षक हरुमा प्रशिक्षण गरिएको थियाे । बिद्यार्थीहरुकाे सक्रियतामा ब्यवस्थापन र बिज्ञान तर्फका बिद्यार्थी हरुलाई

कार्यक्रममा समितिका अध्यक्ष बिष्णु गाेराथाेकी, सचिव नारायण न्यौपाने , सह-सचिव दिपक पाण्डे, काेषाध्यक्ष उर्मिला वलि र सदस्य टङ्क डागिले कार्यक्रमकाे सञ्चालन गर्नु भएको हाे ।

Facebook Comments