• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारबाट बाहिरिने रास्वपाको निर्णय




काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको सभापति लामिछानेले बताउनुभएको छ । पार्टीका मन्त्रीले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने सभापति लामिछानेले जानकारी दिनुभएको छ ।

 

रास्वपा सरकारबाट बाहिरिएपछि पार्टीबाट बनेका सबै मन्त्रीले राजीनामा दिनेछन् । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल हुनुहुन्छ ।

त्यसैगरी रास्वपाकै तर्फबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नु भएको छ । रास्वपाका मन्त्रीहरु खनाल, अर्याल र राज्यमन्त्री कार्कीले माघ ३ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

रास्वपाका सभापति लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई माघ १३ गते उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापतिसमेत नरहने फैसला गरेको थियो । माघ १५ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेपछि पार्टीले लामिछानेलाई केन्द्रीय सदस्य हुँदै पार्टी सभापतिमा मनोनित गरेको थियो ।

Facebook Comments