• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यस्तो छ, आजको मौसम ?




हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश एकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

प्रदेश एकका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू-भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments