माध्यमिक विद्यालय शिक्षक युनियनकाे अध्यक्षमा पूर्ण भण्डारी चयन भएका छन् ।
युनियनकाे तेस्राे अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे ।
युनियनकाे उपाध्यक्षमा एमबी केसी, हिन्दु अधिकारी, सचिवमा बासुदेव रिजाल, सहसचिवमा गाेपाल बुढाथोकी र काेषाध्यक्षमा दामोदर गिरी चयन भएका छन् ।
त्यस्तै सदस्यमा बालिका केसी, शर्मिला चाैधरी, मदन ज्ञवाली, प्रभात पाेख्रेल, शङ्कर केसी र अमरबहादुर वली चयन भएका छन् ।
युनियनकाे सल्लाहकारमा बुद्धिलाल चाैधरी र प्रमाेद न्याैपाने चयन भएका छन् ।
अधिवेशन युनियनका अध्यक्ष केदार पाठककाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । उपाध्यक्ष पूर्ण भण्डारीकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रम सचिव एमबी केसीले सहजीकरण गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
