• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दोषीलाई तत्काल कारबाही गर्न माओवादी केन्द्रको आग्रह




घोराही, २१ माघ । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगर कमिटीले सहिदको सालिक तोडफोड गर्ने दोषीको पहिचान गरी तत्काल कारबाही गर्न प्रशासनसँग आग्रह गरेको छ । कमिटीले आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घोराही उपमहानगरपालिका –१४ झिंगौरामा रहेको सहिद पार्कमा हिजो शुक्रबार सालिकमाथि तोडफोडी भएको अपराधिक कार्यको घोर भ्रत्र्सना गर्दै दोषीलाई तत्काल कारबाही गर्न प्रशासनसँग आग्रह गरेको हो ।

नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका समितिका अध्यक्ष रमेश वली र सचिव भगिदास चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘घोराही– १४ झिंगौरा पार्कमा निर्मित महान सहिदहरु पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको सालिकमा गरिएको तोडफोडले हामीलाई गम्भीर बनाएको छ । यस प्रकारको अपराधिक कार्यको घोर भ्रत्र्सना गर्दै दोषी पहिचान गरी तत्काल कारबाही गर्न प्रशासनसँग आग्रह गर्दछौं ।’

उक्त घटनाबाट हतोत्साहित नहुन सहिद परिवार र तमाम परिवर्तन पक्षधर जनतामा अपिल गर्दै यथासक्य सालिक पुनर्निमाण गर्ने प्रतिवद्धता व्यक्त गरेको कुरा विज्ञप्ति उल्लेख गरिएको छ ।No description available.

Facebook Comments