• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सहिदको सालिक तोडफोडप्रति अखिल (क्रान्तिकारी) दाङको गम्भीर ध्यानाकर्षण




घोराही, २१ माघ । घोराही उप–उपमहानगरपालिका वडा नं. १४ झिगौँरा रहेको सहिदको सालिक तोडफोडप्रति अखिल (क्रान्तिकारी) दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घोराही उप–उपमहानगरपालिका वडा नं. १४ झिगौँरा स्थित विर सहिदहरु पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको शालिक मिति २०७९ माघ २० गते तोडफोड भएकोप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

संगठनका संयोजक गिरबहदुर महराले हस्ताक्षरित गरेको विज्ञप्तिमा भनिएको छ – ` दश वर्षे महान जनयुद्दको दौरान देशको आमूल परिवर्तन, सामाजिक रुपान्तरण र न्यायको लागि आफ्नो ज्यानको वलिदानी गर्नु भएका महान सहिदहरुको शालिक तोडफोड गर्नु अराजनैकि एवम अपराधिक गतिविधि हो । तसर्थ शालिक तोडफोड कार्यमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन हुनका लागि हामी स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौं ।´ सहिदहरुको शालिक हाम्रो अमूल्य सम्पत्ति हुन तसर्थ पार्कको उचित व्यवस्थापन, पुर्ननिर्माण र पार्कको उचित संरक्षण तत्काल गर्नका लागि सम्वन्धित सवैमा हार्दिक अपिल गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।No description available.

Facebook Comments