• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसिकोट क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन




रुकुम पश्चिम/ मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुममा विभिन्न तहको अध्ययन पूरा गरी विभिन्न क्षेत्रमा स्थापित पूर्व विद्यार्थीहरुको आज भर्चुअल माध्यमबाट भएको प्रथम ऐतिहासिक भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ ।
भेलाले सो क्याम्पसका संस्थापक विद्यार्थी एवं नेपाल सरकारका सेवा निवृत्त सहसचिव भरत शर्माको अध्यक्षतामा नौ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो ।
नवगठित समाजको उपाध्यक्षमा पूर्व विद्यार्थी युवा राजनीतिज्ञ वसन्त शर्मा, सचिव मध्यपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसी र कोषाध्यक्षमा राजनीतिक एवं सामाजिक अभियन्ता अमर ओली चयन हुनुभएको छ । सदस्यहरुमा पूर्व विद्यार्थीहरु क्रमशः मुसिकोट खलंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम, सिस्ने गाउँपालिका रुकुम पूर्वका पूर्व अध्यक्ष कुमारी बराल, शिक्षाप्रेमी निर्मला गिरी, पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी र पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष महेश केसी रहेका छन् ।
२०३७ सालमा स्थापना भएको यस क्षेत्रकै पुरानो उच्च शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिसँगै क्याम्पसको सर्वाङ्गीण विकासमा टेवा पुगोस् भन्ने हेतुले स्वदेश तथा विदेशमा छरिएर रहेका विभिन्न पेशा, ब्यबसाय एवं रोजगारमा आबद्ध भूतपूर्व विद्यार्थीहरुलाई एकत्रित गर्न समाज गठनको आवश्यकताबोध भएको क्याम्पस प्रमुख गौतमको भनाइ छ ।
विद्यार्थी समाजले स्वदेश तथा विदेशमा रहेका क्याम्पसका सबै पूर्व विद्यार्थीहरुलाई समाजमा संगठित भइ आफूले अध्ययन गरेको उच्च शैक्षिक संस्थामा आ- आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन आह्वान समेत गरेको छ ।

Facebook Comments