• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता भोलीदेखी नारायनपुरमा हुदै




घोराही, १९ माघ ।
नारायणपुर तेक्वान्दो डोजाङ्गको आयोजनामा भोलिदेखी दाङमा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितता सञ्चालन हुन लागेको छ । जिल्लाका विभिन्न डोजाङ्गबाट करिव ५ सयको हराहारीमा खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसकेको डोजाङ्ग प्रमुख तिलक झाक्री मगरले जानकारी दिनुभएको छ ।

दुईदिन सम्म घोराही १० नारायनपुरमा चल्ने प्रतियोगतामा पुरुष तौल समुह अन्तरगत २५ देखी ५३ केजीको तौल अन्तरगत १० तौल समुहमा तथा महिला तर्फ २५ देखी ४६ तोल अन्तरगत ८ तौल समुहमा प्रतियोगिता हुने छ । भोली विहान ११ बजे उद्घाटन कार्यक्रम रहेको प्रतियोगितामा सहभागिता शुल्क निशुल्क रहेको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुदो टिम तथा खेलाडीहरुलाई पदक, प्रमाणपत्रका साथै पुरस्कार प्रदान गरिने डोजाङ्ग प्रमुख झाक्री मगरले जानकारी दिनुभएको छ ।

Facebook Comments