घोराही, १९ माघ । लागुऔषध दुव्र्यसनीमा युवाहरुको लत बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि गाउँ टोलमा सचेतनाका कार्यक्रमहरु सञ्चालनमा तिब्रता दिईएको छ ।
स्थानीय सरकारले पनि लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतनाका कार्यक्रमहरुलाई नीति कार्यक्रममै राखेर नागरिक स्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ ले चालु आर्थिक बर्षमा तय गरेको लागु औषध दुव्र्यसनी बिरुद्धको कार्यक्रमलाई निर्णय पुर्नस्थापना केन्द्र घोराही १७ ले नागरिक तहमा सचेतना मूलक कार्यक्रम मार्फत नागरिकहरुलाई सजक गराएको छ ।
आधारभूत विद्यालय सिमलतारामा नागरिकहरुको भेला गराई लागु औषध दुव्र्यसनीले व्यक्ति, परिवार र समाजलाई पारेको असर तथा रोकथामका विषयमा जानकारी गराएको छ ।
वडा नम्बर १ को सिमलतारामा स्थानीय समुदाय र अम्बिका मावि हर्नोकमा विद्यार्थीहरुलाई लागु औषध सेवन गर्दा हुने असरका बारेमा सचेतना गराईएको परामर्शदाता बिष्णु वलीले जानकारी दिनुभयो । उहाँले आफ्ना बालबालिकाको अभिभाबकले निगरानी गर्नुपर्ने अनिवार्य भएकोमा जोड दिनुभयो । कुलतमा फसेपछि सामाजिक अपराध बढ्ने क्रम देखिएकाले बेलैमा आफ्ना बालबालिकालाई सचेत पार्नुपर्नेमा उहाँले अभिभावकहरुलाई सुझाब दिनुभयो ।
यसैविच लागू औषध नियन्त्रण अभियान अन्तर्गत घोराही उपमहानगरपालिका ६ स्थित मावि जजरागाउँका विद्यार्थीहरुलाई पनि सचेत पारिएको छ । साथै बढ्दो दुव्र्यशनी न्यूनीकरण गर्नका निम्ती विद्यालय स्तरिय समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।
वडा कार्यालयको सहयोगमा निर्णय पुर्नस्थापना केन्द्रले सचेतना मूलक कार्यक्रम गरेको हो । केन्द्रले सुधार गृह स्थापना गरेर लतमा फसेकालाई सुधार्ने, सिपमूलक तालिम दिने कार्य गर्दै समाजमा समेत सचेतना गराउने काम गर्दै आएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
