• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन विस्तार




घोराही, १९ माघ । नेकपा ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) दाङले महेन्द्र बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । संगठनले आज बिहीबार एक कार्यक्रमको आयोजना गरी क्याम्पसका विभिन्न संकायमा कमिटी विस्तार गरेको हो ।

क्याम्पसको बिबिएस प्रथम वर्षमा नीतिन पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा कामना शर्मा, र सिला महरा , सचिबमा बबिता घिमिरे, सह सचिबहरुमा अमिशा चौधरी,जिबा पान्डेय र निर्मला थापा र कोषाध्यक्षमा सरिता केसी रहनु भएको छ ।

त्यसैगरी बिए दोश्रो वर्षमा बिनोद घर्ती मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा अश्मिता चौधरी, सचिबमा मुना गैरे , सहसचिबमा केशरा कन्डेल र कोषाध्यक्षमा कल्पना केसी रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम् जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रबिण शर्मा , हरिराम यादब लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण दिपक ओलिले गर्नु भएको थियो ।

Facebook Comments