घोराही, १८ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ ढिकपुरमा वडास्तरीय विपद व्यवस्थापन समितिका सदस्यलाई अभिमुखीकरण तालिम दिइएको छ ।
उपमहानगरको वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा मंगलबार वडा नम्बर ९ को कार्यालयमा उक्त तालिम दिइएको हो । घोराही उपमहानगरपालिका-९ का वडा अध्यक्ष चैतु कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
वडास्तरमा हुने विपदहरुलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको वडा अध्यक्ष चौधरीले जानकरी दिए ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
