• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी




राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा उजुरी परेको छ।

उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेरी परेको हो।

सिन्धुलीका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध मंगलबार जाहेरी दिएका हुन्।

यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए। अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो।

सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनीसँग दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानविन गर्न जाहेरीमा माग गरिएको छ।

रविले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। अमेरिकी पासपोर्टवहाक उल्लेखित रवि लामिछानेले अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत सर्वोच्चले अवैध भनेको नागरिकताकै आधारमा राहदानी बनाएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते जारी १८२२२ नम्बरको पूरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी त्यही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी नेपाली राहदानी लिएर दुरुपयोग गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।

रविले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका थिए।

Facebook Comments