• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल टी–२० लिगमा विवादपछि क्यानको पहिलोपटक बोर्ड बैठक बस्दै




नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज पोखरामा बस्दैछ। नेपाल टी-२० लिगमा देखिएको विवादपछि पहिलोपटक क्यानको बोर्ड बैठक बस्न लागेको हो।

बोर्ड बैठकमा १७ वटा एजेन्डमा छलफल हुने कार्यसूची छ। १७ एजेन्डा क्यानले बोर्ड सदस्यलाई उपलब्ध गराएको छ।

जसमा विश्वकप लिग(२ अन्तर्गतका तीन वटा सिरिजसहित यू-१९ विश्वकप एसिया छनोटमा नेपालले भाग लिने विषयमा छलफल हुनेछ।

यस्तै अप्रिलमा काठमाडौंमा हुने भनिएको एसिसी प्रिमियर कप, क्यानको वार्षिक साधारण सभा, कार्यसम्पादन समितिको निर्णय अनुमोदन, विशेष साधारणसभासहित जिल्लाको निर्वाचन, क्रिकेटरको २०२३ को वर्गीकरण, बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा र नेपाल टी-२० लिगसहितका एजेन्डा रहेका छन्।

एजेन्डाहरु

Facebook Comments