नबिन पिएम
सल्यान, १७ माघ । सल्यानको कुमाख गाउँपालिका वडा न. ७ बस्ने २३ वर्षीय सुनिता बोहरा पुनको गत असोज १५ गते जिल्लाको डुमकोटदेखि खैराबाङ जाँदै गरेको जिप दुर्घटनामा परि टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएको र उनलाई उपचारको लागि भारतको लखनउ लिएको र उनको परिवारसंग भएको पैसा सबै सकिएर अस्पतालको बिल तिर्न पनि गारो भएर हाल उनी बाकेको नेपालगन्ज न्युरो अस्पतालमा उपचाररत रहेको तर उनको पारिवारिक अबस्थामा हाल निकै नाजुक भैसकेकोले सहयोगको लागि सबैसंग उनको परिवारले अपिल गरेको छ ।
सुनिताको ११ महिनाको १ छोरी रहेको र श्रीमती जीवन मृत्युसंग अस्पतालको बेडमा छट्पटाइ रहदा छोरी समाल्न र बिरामी श्रीमतीको हेरचाह गर्न निकै समस्या परेको उनका श्रीमान राजेश पुनमगरले बताए । उनी भन्छ्न श्रीमतीको उपचारको लागि केही आफुले कमाएको र केही सहयोगि मनहरुबाट गरि हाल सम्म करिन १८ लाख रुपैया खर्च भैसकेको तर श्रीमतीलाई सन्चो नभएको बताए ।
उनले भने टाउकोको गम्भीर चोटका कारण नसाहरु नचल्ने र हाल उपचारको लागि पैसा नहुदा अस्पतालको बिल समेत तिर्न समस्या भएको छ ।श्रीमतीको जीवन रक्षाको लागि साथै उपचारको निम्ति स्वदेश तथा बिदेशमा रहनु हुने सहयोगि दाताले सक्दो सहयोग गरिदिनुहुन पनि उनले सबै संग अपिल गरेका छ्न् ।
सहयोग गर्न चाहनेले खाता न. 05908309030017 himalayan Bank मा र उहाँको श्रीमानको मोबाइल नम्बर ९८४८५४४५२७ /अथवा 9765448856 मा सम्पर्क गर्न सक्नुहुने छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
