• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाम्लाको भूमि आधारभूत विद्यालयलाई निशुल्क जग्गा




दाङ । भूमि आधारभूत विद्यालय बाम्लालाई जग्गा एक रोपनी जग्गा उपलवब्ध गराइएको छ ।

घोराही उपमहानरपालिका –१९ निवासी कुमानन्द पुन मगरले जग्गा दिनु भएको छ । पुनले उपभोग गर्दै आएको एक रोपनी जग्गा बिद्यालयका नाममा निशुल्क प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंग रोकाले जानकारी दिनुभयो ।

तीन लाख रुपैयाँ मुल्यपर्ने उक्त जग्गा बिद्यालयलाई अबश्यक पर्ने कक्षाकोठा र भौतिक पूर्वाधार निर्माण गर्ने उदेशयले प्रदान गरिएको जानकारी दिनुभयो । दाङ सैघा ७ च कित्ता न. २२९ रहेको उक्त जमिन बिद्यालयका नाममा निशुल्क पास भएको छ ।

यसका साथै जमिन पास गर्न लाग्ने रजिस्टेशन र दस्तुर खर्च निशुल्क बनाउँन सहयोग गरेको भन्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जंग रोकाले पन्थी ल र्फमका संचालक अर्जुन पन्थीलाई पनि धन्यावाद ज्ञापन गर्नुभएको छ ।

जमिन नहुदा विद्यालयलाई आबश्यक पर्ने संरचना बनाउँन समस्या पर्ने गरेको बताउँदै अब प्राप्त जमिनमा कक्षाकोठा निर्माण गरिने उल्लेख गर्नुभयो ।

Facebook Comments