कमल खड्का
होलेरी, १७ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिकाले द्वारपानी, राउट डाडा ,मेलटाकुरा हुँदै दान्फ-तुलसीपुर जोड्ने मोटर बाटोको स्थलगत अनुगमन गरेको छ ।
आर्थिक बर्षमा उक्त मोटर बाटोमा बाटो सुधार तथा फराकिलो बनाउने उद्देश्यका साथ २० लाख बराबरको बजेट बिनियोजन गरिएको थियोे । बजेट पालिका स्तरबाट छुट्याइएको हो ।

उक्त बजेटबाट यसै बर्षभित्र काम गरी सक्नुपर्ने भएकाले ईन्जिनियर तथा प्रविधिकसहित अध्यक्ष जनक पुन आफै मोटर बाटोको सर्भे तथा स्थलगत अध्ययनमा जुट्नु भएको छ । यसकारण रुन्टीगढी गाउँपालिका वडा नं.८ का बाटोबाट लाभान्वित स्थानीय बासिन्दाहरु हर्षित देखिएका छन् ।

यो मोटर बाटो पश्चिम रुन्टीगढीकै दाङ – तुलसीपुर जोड्ने अति छोटोे मोटर बाटो मानिन्छ । स्थानीय तह हुनुभन्दा अगाडि नै खोलिएको यो मोटरबाटो सरकारको ध्यान नजादा बाटो स्तरउन्ती हुन सकेको छैन् । यसबाट स्थानीय बासिन्दा मर्कामा परेका छन् । उनीहरु भन्छन हिउदो समयमा जेन तेन स-साना गाडीहरु गाउँसम्म आएपनि बर्षातमा थप्प हुने गर्दछ । त्यसकारण कोही मान्छे बिरामी परेपछि अस्पताल पुर्याउन गाह्रो परेको बताउछन् ।

यो बाटोस्तरीय भएमा रुन्टीगढीको पश्चिमी भेग, सल्यान कपुरकोट गाउँपालिकाको पुर्वी भेग ,रोल्पाको त्रिबेणी गाउँपालिका तथा माडी गाउँपालिका प्रत्यक्ष लावाबित हुने छन् ।
साथै रुन्टीगढी गाउँपालिका ८ को गैराबारी देखि लापल जोड्ने मोटरको पनि स्थलगत अनुगमन भएको छ । अनुगमन पछि मोटर बाटो सोचेको भन्दा अलि ठाडो हुन पुगेको अध्यक्ष पुनले जानकारी दिनु भएको छ । साथै बाटोको ग्रेडिन मिलाएर अघि बढ्न समेत उपभोक्ता सिमितिलाई सुझाव दिनुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
