• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सहिद दिवसको अवसरमा अखिल छैठौँद्वारा दीप प्रज्ज्वलन




घोराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( छैठौँ) दाङले दीप प्रज्ज्वलन गर्दै सहिद दिवस मनाएको छ । छैठौँले घोराही स्थित सहिदगेट नेर सोमबार साँझ देश र जनताको लागि जीवन अहुती दिने वीर सहिदहरुप्रति दीप-प्रज्वलन गरी सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

अखिल छैठौका जिल्ला सदस्य झलक खड्काले सन्चालन गरेका थिए। वीर सहिदहरुप्रति सम्मान स्वरुप अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ छैठौंका केन्द्रिय सदस्य सेवक भट्टराईले आफ्नो मन्तब्य राखेका थिए।

सहिदहरुको स्मरण गर्दै संगठनका केन्द्रीय सदस्य भट्टराईले आज हामीले बोल्न लेख्न पढ्न राजनीति गर्न आफ्ना बिचार समाजमा राख्न राणा शासन देखि अहिलेसम्म नेपालका होनहार सन्तानले बिरगती प्राप्त गरेको बताए । उनीहरुको सम्मान गर्नु प्रत्येक नेपाली नागरिकको कर्तब्य भएको बताउदै उनले हामीले सहिदको सपनालाई सम्मान गर्नुपर्छ र उनीहरुले देखाएको बाटोमा अघि बढ्नुपर्छ भन्ने कुरा जोड दिए ।

Facebook Comments