नबिन पिएम
सल्यान,१६ माघ । सल्यान बनगाड कुपिण्डे नगरपालिका १ सल्लिवजारमा प्रकाश दास श्रेष्ठ यतिवेला जीवन र मृत्युसँग लडिरहनु भएको छ ।
कलेजोको रोगसँग लडिरहनु भएको उहाँ उपचारको लागि आफूसँग भएको सबै सम्पत्ति उपचारमै खर्चिएपछि हाल उहाँलार्इ उपचारको निम्ति निकै समस्या भएको उहाँकी भान्जी निशा पाण्डेले बताउनुभयो । उपचारकै लागि छिटो भन्दा छिटो काठमाडौं लैजान पर्ने भएकोले अहिलेसम्म कुनै स्थानीय सरकारले सहयोग गर्छकि भन्ने आश गरेको तर अहिलेसम्म आफ्नो लागि कुनै सरकार नभएको जस्तो महुसुस भएको उहाँले भन्नू भयो नगरपालिकाले हालसम्म बिरामी भएको अस्पताललाई सिपारिस मात्रै गरिएको बताउनुभयो ।
केही समय यता होटल व्यवसायी गर्दै आउनु भएको श्रेष्ठ विगत केही वर्षदेखि लिभर, कलेजोमा समस्या देखा परेपछि उपचारकै लागि सुर्खेत, काठमाडौं लगायतका विभिन्न अस्पतालहरुमा आफूसँग भएको सबै सम्पती, रकम खर्चिएको उहाँकी श्रीमतीले बताउनुभयो ।
उहाँले भन्नुभयो के गर्ने हामिलार्इ के आइलाग्यो अहिलेसम्म उहाँको उपचारको लागि सबै सम्पत्ति करिब केही आफूसंग भएको केही ऋण गरेर करिब नौ लाख खर्च सकियो अझै श्रीमानको उपचार सफल भएको छैन्, सबै पैसा सकियो अब हामीसंग कुनै उपाय छैन्, उहाँले थप्नुभयो पछिल्लो समय बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र हाल सुर्खेतको कालागाउँ अस्पतालमा राखी उपचार भईरहेको छ, भने थप उपचारका लागि काठमाडौं टिचिङ्ग हस्पिटलमा लिनुपर्ने भएकोले पारिवारिक अबस्थामा निकै दयनीय भइसकेकाले सम्पूर्ण सहयोगी मनकारीसँग जीवन रक्षाको निम्ति आर्थिक सहयोगको अपिल गरेका छौं ।
केही दिनदेखि उहाँको जीवन बचाउनको लागि उपचारका गर्न सहयोगी मनहरुबाट सहयोग रकम समेत जुट्ने क्रम जारी रहेको पारिवारिक स्रोतले बताएको छ । अहिले उनी हस्पिटलको वेडमा उपचारकै क्रममा छट्पटाइ रहेका छन् । थप उपचारका लागि काठमाडौं लैजान घरपरिवारसँग रकम अभाव भएको छ ।
थप उपचारको निम्ति स्वदेश तथा बिदेशमा रहनुहुने सहयोगी दाताले सक्दो सहयोग गरिदिनुहुन श्रेष्ठको पारिवारिक स्रोतले हार्दिक अपिल गरेको छ ।
सहयोग गर्ने सहयोगी दाताहरुले बिरामीको छोरीको नामको लक्ष्मी बैंकको खाता नम्बरमा रकम जम्मा गरीदिन अनुरोध पनि गरेको छ।
नाम : SIRJANA SHRESTHA LAXMI BANK Branch Npj मा रहेकाे खाता नम्बर : 01920130198 सम्पर्क नम्बर :9849813009 +9779809772047 मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
