• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा ६१ औं नर्स दिवस, नयाँ कार्यसमिति गठन




मधुसुदन गिरी

कमिरेचौर १५ माघ । नेपाल नर्सिङ संघ बंगलाचुलीले पनि ६१ औ नर्स दिवस आज एक कार्यक्रम गरी मनाएको छ । बंगलाचुली गाउँपलिका भरका स्वास्थ्य संस्था मध्ये हासिपुर स्वास्थ्य चौकिमा कार्यरत जेष्ठ सदस्य सिनियर अनमी देविकला बुढा मगरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जि सिको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनौलो हजार दिने ३ जना गर्भवती र एक जना सुत्केरीलाइ अण्डा र क्याल्सियम चक्कि वितरण गरिएको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं ५ का अध्यक्ष लिला बहादुर घर्ती, बंगलाचुली गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ६ का अध्यक्ष डोम बहादुर केसि, बंगलाचुली अस्पतालका सिनियर अहेब धन बहादुर पुन, अहेब लोक बहादुर बिश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।No description available.

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासले नर्स एउटा मर्यादित पेशा भएको र मानिसको जिवन बचाउने जिम्मेवारी नर्सको भएको बताउनुभएको थियो । देशलाइ अगाडि बढाउन नर्सहरुको ठुलो भुमिका भएको बताउदै उहाँले नर्सहरुको सेवाप्रदायक सहि हुनुपर्ने र समाजमा जतिबेला जे घटना पनि हुन सक्ने भन्दै नर्सहरु सधै तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । साथै विश्वयुद्दको समयमा ठुलो योगदान दिएको नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झना पनि गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष भक्त बहादुर जिसिले नर्सहरु आफ्नो पेसा प्रति सन्तुष्ट हुन र स्वास्थ्य सेवा सुन्दर बनाउन आग्रह गर्नुभयो ।

बंगलाचुली अस्पतालका स्टाफ नर्स सम्झना कार्किको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल नर्सिङ संघ दाङका सचिव तथा बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक इन्द्रा घर्ती मगरले गर्नुभएको थियो ।

यस्तै आजै लक्ष्मि थापा मगरको अध्यक्षतामा ९ सदस्यीय नेपाल नर्सिङ संघ बंगलाचुलीको नयाँ कार्यसमिति पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा दुर्गा क्षेत्रि, सचिवमा उर्मिला कुवर चयन हुनुभएको छ ।यस्तै सदस्यहरुमा निशा राना मगर, शर्मिला महरा, कल्पना रावत, सन्ध्या चौधरी र देविकला बुढा मगर रहनुभएको छ ।

यस्तै सल्लाहाकार सदस्यमा इन्द्रा कुमारी घर्ती मगर रहनुभएको छ।

Facebook Comments