• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी महोत्सवको चौथो दिन : आज प्रताप दाससहितका कलाकारको प्रस्तुति रहने




लमही, १५ माघ । लमहीमा जारी देउखुरी महोत्सवको चौथो दिन आज आइतबार पनि दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती दिने भएका छन् । राष्ट्रिय तथा स्थानिय कलाकार गरी दर्जन बढीले महोत्सवमा आफ्नो प्रस्तुती पस्कने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा आज युवा पुस्ताका चर्चित गायक प्रताप दास सहितका कलाकारहरुको बाक्लो उपस्थिति रहने छ । गलबन्दी मैलिए,सर्लक्कै साइली,संगसंगै जुनी काटौला,गमलामा जाई,पत्थरको मुटु, तिमी मेरो प्रित प्रदाप दासले गायका सर्बाधिक ‘हिट’ गित हुन् । दासले नेपाली चलचित्र र आधुनिक गित गरी दर्जनौ गितमा आफ्नो स्वर दिइसकेका छन्।

त्यस्तै महोत्सवमा बसन्ती चौधरी,सिर्जना गुरुङ,दोशहरण चौधरी,उमादेवी खनाल,अनुष्का चौधरी,अनुप बुढा र दीपक बर्माको समेत प्रस्तुती रहने छ ।

माघ १२ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चन्द्र शर्मा,खेम सेञ्चुरी,भुमिका गिरी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिई सक्नु भएको छ ।
अजम्मरी सामुदायिक वनको पिकनिक स्थल विविधता पार्क मा सञ्चालित महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ।त्यस्तै सर्वसाधारणका लागि रु.१ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

Facebook Comments