• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रेडक्रस सोसाइटी होलेरी उपशाखाको १४ औं बार्षिक साधारणसभा




कमल खड्का
होलेरी, १५ माघ । नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाले आफ्नो १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । उपशाखाले शनिबार होलेरीमा एक कार्यक्रमको आयोजना गरी सो सभा सम्पन्न गरेको हो ।

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यले नेपालमा वि.स.२०२० भाद्र २९ गतेबाट नेपाल रेडक्रस सोसाइटी स्थापना भएको हो । तत्काली स्वास्थ मन्त्री डा. नागेश्वोर प्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपाल रेडक्रस स्थापन गरेको थियो ।

यसरी नेपालमा रेडक्रस स्थापना पहल गर्ने ब्यक्ति डा.जयनारायन गीरीले पनि उल्लेखनीय प्रयास गरेका थिए । यदपी विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेलेरी डयुनाले सन १८६३ मा रेडक्रस सोसाईटी स्थापना गरेका थिए । रेडक्रसका संस्थापक हेनेरी डयुनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाईने गरिन्छ ।

रेडक्रसका संस्थापक हेनेरी डयुना हुन् । उनको सम्झना स्वरुप बिभिन्न नाराका साथ रेडक्रस दिवस मनाईन्छ । मानव धर्मलाई आत्मा साथ गर्द अगाडी बढेको यो संस्था गैर नाफा मुलक संस्था हो । यस संस्थाले बिभिन्न बिपत्तिमा परेका मानवहरुलाई निस्वार्थ सहयोग गदै आएको छ । त्यसकारण यसको मुल मन्त्र मानव सेवा नै धर्म हो भन्ने रहेको छ ।

रुन्टीगढी गाउँपालिकामा पनि कुनै बिपत्ति परेमा सबै भन्दा पहिले रेडक्रस सोसाईटी होलेरी उपशाखा पुग्ने गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । रेडक्रस सोसाईटी होलेरी उपशाखाको १४ औं साधारणसभा संस्थापक हेनेरी डयुनाको फोटोमा माल्यार्पन गरी कार्यक्रम सुरु भएको हो । बिगत केही बर्ष अगाडिदेखि बिभिन्न बिपत्ति तथा बिभिन्न ठाउँमा निशुल्क स्वास्थ्य सिबिर संञ्चालन गदैआएको उक्त संस्थाले गत वर्ष मात्र निशुल्क आँखा सिबिर सञ्चालन गरेको थियो । त्यसबाट धेरै आँखाका बिरामीहरु लाभम्बित भएका थिए ।

सोही कारण होलेरीमा आखा अस्पताल संञ्चालनका लागि स्थानीय आसमान गीरीले रेडक्रस सोसाईटी उपशाखा होलेरीलाई जग्गा दान समेत गर्नु भएको छ । जग्गा दान तथा बिपतीमा परेकालाई सहयोग स्वरुप राहात सामाग्री उपल्बध गराउने ब्यक्तिहरुलाई उपशाखाले सम्मान गरेको छ । सम्मान पत्र रुन्टीगढी गाउँपालिका अध्यक्ष तथा रेडक्रस सोसाईटी उपशाखा होलेरीका आजीवन सदस्य जनक पुनद्वारा हस्तान्त्रण गर्नु भएको थियो ।

रेडक्रस सोसाईटी होलेरी उपशाखाका सभापति लक्षिराम थापाको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण रेडक्रस सोसाईटी उपशाखा होलेरीका कोषाध्यक्ष रेशम बुढाथोकीले गर्नु भएको थियो ।

Facebook Comments