• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर दाङले स्थापना दिवसको अवसरमा १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने




घाेराही, १४ माघ । प्रेस सेन्टर नेपाल, दाङले आफ्नो स्थापना दिवसको अवसरमा दाङका १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने भएको छ ।
दाङका १० ओटै पालिकाले भाेली माघ १५ गते दीप प्रज्वलन गरेर स्थापना दिवस मनाउने भएका हुन् । घाेराहीमा सेन्टरका जिल्ला समन्वय समिति र घाेराही उपमहानगरपालिका कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गर्ने जिल्ला अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयाे ।

उहाँका अनुसार भाेली बेलुकी पाँच बजे घाेराही उपमहानगरपालिका वडा नं १७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालमा रहेकाे महान सहिद कृष्णसेन इच्छुककाे शालिकमा माल्यार्पण गर्नुका साथै साेही स्थानमा दीप प्रज्वलन गरिने छ ।

यसैबीच जिल्ला अध्यक्ष पाण्डव शर्मा र घाेराही शाखा अध्यक्ष सन्ताेष डाँगीले विज्ञप्ति निकालेर दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

२०६१ साल मा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ स्थापना भएकाे थियाे । साेही संगठन अहिले प्रेस सेन्टर नेपाल नामाकरण भएकाे छ ।

Facebook Comments