• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेरील्याण्ड एकाडेमीले दोस्रो बार्षिक उत्सव मनायो




दाङ, १४ माघ । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँमा रहेको मेरील्याण्ड पब्लिक एकाडेमीले दोस्रो बार्षिक उत्सव मनाएको छ । विद्यालयले दोश्रो बर्ष पुरा गरेको अवसरमा शनिवार एक कार्यक्रमको आयोजना गरेर बार्षिक उत्सव मनाएको हो ।

विद्यालय संञ्चालक समितिका कार्यवाहक अध्यक्ष नैनसिंह घर्तीको अध्यक्षता तथा राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीका उपकुलपति डा। विकाश लामिछानेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका युवा तथा सामाजिक विकास महाशाखा प्रमुख बिनोद गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले बालबालिकालाई पढाईसंगै उनीहरुलाई संस्कार सिकाउन विद्यालयले ध्यानदिनुपर्ने बताएका थिए ।

पढाईमात्रै शिक्षा नभएर संस्कार र उनीहरुमा अन्तर्निहित प्रतिभापनि शिक्षा भएको भन्दै अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याव्सन० दाङका अध्यक्ष मधुसूदन केसी, गोरखा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सीपलका मानसिंह घर्ती, गुरुकुल एकेडेमीका प्रिन्सीपल डा कृष्णराज डिसीलगायतले मन्तव्य व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकले ध्यानदिनुपर्ने बताएका थिए । विद्यालयले मात्रै एक्लै चाहेर गुणस्तरीय शिक्षा दिन नसक्ने भएकाले संस्कारसहितको गुणस्तरीय शिक्षाका लागि सवैले ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

बार्षिकोत्सवका अवसरमा विद्यालय संचालन गरेका विभिन्न कार्यक्रमका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यार्थीले बनाएका बिज्ञान प्रदर्शनीका सामाग्रीसंगै जातीय खानाका परिकारहरु बार्षिकोत्सवका अवसरमा प्रदर्शनी राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, पिटी, खेलका डेमो प्रदर्शनी गरेका थिए । विद्यालयका प्रिन्सीपल राजेन्द्र श्रेष्ठको स्वागत मन्तव्यवाटछ सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका कमला थापा र मनिषा बिकेले गरेकी थिइन ।

Facebook Comments