• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
झुलेनी सेवा समाज दाङले रक्तदान गर्ने




तुलसीपुर, १४ माघ । झुलेनी सेवा समाज नेपाल दाङले रक्तदान गर्ने भएको छ । समाजले प्रथम स्थापना दिवसका अवसरमा माघ १६ गते रक्तदान गर्ने भएको हो । सहिद दिवस र स्थापना दिवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको सममाजका उपाध्यक्ष सुरज भण्डारीले जानकारी दिए ।

रगतको अभावमा कसैको ज्यान जाने अवस्था नहोस् भनेर रक्तदान गर्न लागिएको समाजले जनाएको छ । १६ गते सोमबार विहान ८ बजे तुलसीपुर स्थित कालीकादेवी रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गर्ने समाजले जानकारी दिएको छ ।

यसैबीच समाजले प्रथम स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सामाजीक सेवा र समुदायलाई एकताको शुत्रमा बाध्ने मूल उदेश्य सहित स्थापना भएको सस्थाले विभिन्न कार्यक्रम गरेरे मनाउन लागेको हो । समाजका अध्यक्ष गोबिन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजका स-साना समस्या समाधान गर्न यस्ता खालका संस्था महत्वपुर्ण हुने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी, वडा नं.  ७ का अध्यक्ष राम बहादुर जिसी, वडा नं. १२ का सदस्य शेषमणी भण्डारी, धनन्जय गोत्रीय भण्डारी समाजका केन्द्रीय सल्लाहकार नारायण प्रसाद भण्डारी, भीम प्रसाद भण्डारी, जिल्ला अध्यक्ष शेषुराम भण्डारी, पुनाराम भण्डारी, जिल्ला सहकारी संघ दाङका सचिव शुक्रराज भण्डारी, बचत संघका सदस्य जीवन भण्डारी, समाजसेवी भरत भण्डारी, बिष्णु प्रसाद भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

सचिव दुर्गा प्रसाद भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रमका सदस्य ऋषिराज भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments