• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी महोत्सवमा आज गायक सेन्चुरी र गायिका गिरी आउदै




माघ-१४, देउखुरी। दाङको लमहीमा संचालनमा आएको महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकार आउने भएका छन ।

प्रादेशिक औद्यौगिक कृषि, प्रविधि, व्यापार एवं देउखुरीकाे लमहीमा सञ्चालित छैठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०७९ पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक खेम सेन्चुरी, गायिका बिन्दु भुमिका गिरी, दिपक बर्मा , अनुप बुढामगर लगाएतका स्थानिय कलाकारहरूकाे आउने भएका देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।

उनका अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषिका तथा गायिका उमा देवी खनालले गर्नेछिन्। `कृषि पर्यटन उघोग र व्यापार देश समृद्धकाे बलियो आधार ’ भन्ने मूल नाराका साथ देउखुरी उघोग वाणिज्य संघ लमही दाङको आयोजनामा लमही नगरपालिक-५, ग्रिन पार्क लमही देउखुरी दाङमा १२ गते बिहिबार देखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।

Facebook Comments