• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल शिक्षक संघ रुन्टीगढीको नयाँ कार्यसमिति गठन




कमल खड्का
होलेरी, १४ माघ । “शिक्षकको मर्यादित पेशा, विद्यार्थीको जीवनोपयोगी शिक्षा” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ रुन्टीगढी गाउँपालिकाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघले शुक्रबार  होलेरीमा एक कार्यक्रमको आयोजना गरी सो अधिवेशन सम्पन्न गरेको हो ।

उक्त अधिवेशनले शिक्षक चेतलाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा शिक्षक कर्ण बहादुर बस्नेत, सचिबमा शिक्षक खिमा महरा, अर्थ सचिबमा शिक्षक भक्त बहादुर केसी, सह-सचिबमा शिक्षक जयन्द्री भन्डारी, अर्थ सह सचिबमा शिक्षक नारायन थापा, शिक्षक मिना कुमारी बस्नेत उपाध्यक्ष महिला रहनु भएको छ ।

त्यस्तै शिक्षक चन्द्रज्योति सेजवाल सह सचिब समाबेसी, शिक्षक प्रदिप परियार सह सचिब समाबेसी, शिक्षक बसन्त हमाल, अमर थापा, पूण कवंर, टिका बहादुर गिरी,मान बहादुर रावत, कृष्ण बहादुर खड्का, कृष्ण बुढाथोकी,एमुना घर्ती(रोका) र अमृत बहादुर वली सदस्यमा रहनु भएको छ ।


नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष शिक्षक रेशम बुढाथोकीको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिका नेपाल शिक्षक संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल शिक्षक संघका कोषाध्यक्ष शिक्षक कर्ण बहादुर बस्नेतले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिब शिक्षक टिका राम सेजवालले गर्नुभएको थियो ।

Facebook Comments