• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा प्रअ तथा विव्यस अध्यक्षहरुको क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम




मधुसुदन गिरी
कमिरेचौर, १३ माघ । दाङको बंगलाचुली गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुको प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका शिक्षा शाखा युवा तथा खेलकुद शाखाको आयोजनामा आज शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसिराम पुन सुवासको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विद्यालययका शैक्षिक गुणस्तरसँग सम्बन्धित समस्या र समाधानका उपायहरु, अङ्ग्रेजि विषय आवश्यक हो होइन, अङग्रेजि माध्यमबाट शिक्षण गर्न सकिने वा नसकिने, कुन कक्षा वा विषयबाट सुरुवात गर्ने, अङग्रेजीबाट शिक्षण गर्दा पाठ्यक्रम वा पुस्तक के हुने, यसबाट कस्तो प्रभाव पर्छ, दिवा खाजा व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्ना असल अभ्यास तथा अनुभव आदानप्रदान गर्नुभएको थियो ।बंगलाचुलीमा शिक्षाको पहिलेको अवस्था र अहिलेको अवस्थाको बारेमा शिक्षा शाखा प्रमुख ओम प्रकाश केसिले जानकारी गराउनुभएको थियो ।

गत बर्षको तुलनामा यस बर्ष ३ सय ३३ जना विद्यार्थी कम भएको उहाँले जानकारी गराउनुभएको थियो । गाउँपालिकामा रहेको ३५२ शिक्षक मध्ये १ सय ८ अर्थात ३१ प्रतिशत शिक्षक स्थानिय अनुदानबाट रहेको शाखा प्रमुख केसिले जानकारी दिनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रसाशकीय अधिकृत चन्द्रकान्त पौडेल, मावि रझेना घोराहीका प्रधानाध्यापक उत्तम न्यौपाने, प्याव्सनका केन्द्रिय सल्लाकार अरुन कुमार शर्मा, बंगलाचुली गाउँपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्षहरु तथा कर्मचारी र बंगलाचुली गाउपालिकाभरका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी ८१ जनाको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै लामो समय देशि शिक्षा क्षेत्रमा रहनुभएका माध्यामिक विद्यालय रझेना घोराहीका प्रधानाध्यापक उत्तम न्यौपानेले शैक्षिक सुधार अहिलेको मुख्य चुनौति भएको बताउनुभएको छ । तर शिक्षकहरु लगनशिल र क्षमतावान भए त्यस्ता चुनौति तथा समस्या समाधान हुने उहाँले बताउनुभयो ।

यस्तै प्याव्सनका केन्द्रिय सल्लाहाकार तथा शिक्षाविद अरुन कुमार शर्माले समाजमा शिक्षकले गर्न सक्ने बताउनुभएको थियो । उहाँले शिक्षालाइ उत्पादन सँग जोड्नुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले गत बर्षको तुलनामा ३ सय ३३ जना विद्यार्थी घटेको बताउदै बंगलाचुलीका विद्यालयमा अङ्ग्रेजि माध्यमबाट अध्ययन गराउन सके विद्यार्थी बढ्ने सुझाव दिनुभयो ।

अधिकांश विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुले अङ्ग्रेजि माध्यमबाट अध्ययन सुरु गर्ने बताएका थिए ।साथै कुनै विद्यालयमा शिक्षकको अभाव भएको र राम्रा शिक्षक बंगलाचुलीमा बस्न नचाहाने भन्दै सरुवा भएर आउने शिक्षक कम्तिमा ३ बर्ष अनिवार्य बस्नुपर्ने निति बनाउन गाउँपिकालाइ सुझाव समेत दिएका थिए ।

यस्तै कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासले विद्यालयमा समय दिन नसक्ने र विद्यालयको समस्या नबुझ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्षले तत्काल राजिनामा दिन उहाँले आग्रह गर्नुभयो ।शिक्षा क्षेत्र सुधार्नको लागि सबै समाजमा सबै सुध्रिन जरुरी रहेको उहाँले बताउनुभयो । बंगलाचुलीमा ३५ प्रतिशत लगानी शिक्षा क्षेत्रमा गरेको बताउदै अध्यक्ष पुनले समय सापेक्ष अनुसारको शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख ओम प्रकास केसीले गर्नुभएको थियो ।

Facebook Comments