• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा देउखुरी कृषि पर्यटन तथा ब्यापारिक महोत्सवको भब्य उद्घाटन




श्रवण कुमार यादव
देउखुरी। दाङमा छैठौं देउखुरी कृषि पर्यटन तथा व्यवसायिक महोत्सव २०७९  को भब्य रुपमा उद्घाटन भएको छ। दाङ देउखुरीको लमहीमा आज बिहीबार उक्त महोत्सवको भब्य रुपमा उद्घाटन  गरिएको हो ।

उद्धघाटन समारोह विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। देउखुरी उघोग वाणिज्य संघ लमही दाङको आयोजनामा लमही नगरपालिक-५, ग्रिन पार्क लमही देउखुरी दाङमा आजदेखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।No description available.

कृषि पर्यटन उघोग र व्यापार र देश समृद्ध बलियो आधार ’ भन्ने मूल नाराका साथ आजदेखि संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन लमही बजार देखि महोत्सव स्थल सम्म सांकृतिक झाँकी र नृत्य सहित र्‍यालीको प्रदर्शन गरिएको थियो ।No description available.

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यद्वारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो। प्रमुख अतिथि लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले महोत्सवको उद्घाटन सत्रमा शुभकामाना मन्तव्य दिँदै विग्रदो अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गरिरहेको बताएका छन्।

२०७२ सालको भूकम्प र कोरानाको कारणले गर्दा तरल अवस्थामा अघि बढेको अर्थतन्त्रलाई सुधार गर्न सरकार अघि बढेको बताएका छन् । आर्थिक सूचकहरू सुधारोन्मुख नहुँदा सम्म आशा गर्ने ठाउँ नरहेको बताए। त्यस्तै उनले उद्योगी व्यवसायसीलाई प्रोत्साहन गर्न नसके आर्थिक समृद्धि हाँसिल गर्न नसकिने पनि बताएका थिए।

प्रमुख अतिथि समेत रहेका मन्त्री आचार्यले देउखरीमा प्रदेश राजधानी आएसँगै यो क्षेत्रको विकासले गति लिने लिएको बताउँदै विकसित राजधानी अभियानमा लुम्बिनी प्रदेश सरकार अघि बढेको बताएका छन्। त्यस्तै उनले राजधानी व्यवस्थापनका लागि सवैले साथ सहयोग गर्नु पर्ने बताएका छन् ।No description available.

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका निर्वतमान प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राज्यका संयन्त्रहरू परिचालन गरि कृषि उत्पादनलाई बजारीकरण गर्नुपर्ने बताए ।No description available.

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन नसकेकोले मेला महोत्सव मार्फत प्रचारप्रसार हुने बताए ।No description available.

लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका मासु सहित अन्य व्यवसायीमा आत्मनिर्भर भएको बताउँदै यस्ता मेला महोत्सवले टेवा पुर्‍याउने बताए । त्यस्तै उनले महोत्सवमा स्थानीय पालिकामा उत्पादित वस्तु मेलामा राख्न आवश्यक रहेको बताए ।No description available.

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलिमियाँ देउखुरी अन्नको भण्डार भए पनि किसानले समयमा बिउ, मलखाद नपाउने र बजारको समस्या भएकोले किसानका समस्या सम्मोधन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । साथै बजारीकरणका लागि उद्योग वाणिज्य संघ जतिबेला पनि तयार रहेको बताए ।No description available.

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले अर्थतन्त्र शिथिल हुँदा व्यवासायी धरासाय बन्दै गएको बताए । त्यस्तै उनले चर्को व्याचदरले व्यवसायी मारमा परेको र आत्महत्या सम्मको स्थिति सिर्जना भएकोले त्यस तर्फ राज्यको ध्यानाकर्षण गराए ।

त्यस्तै नेकपा एकीकृत समाज वादीका पार्टीका क्षेत्रीय सचिव शशिराम नेपाली,राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य देवराज पाठक, नेकपा माओवादी केन्द्र लमही नगर कमिटीका अध्यक्षस्डिलकुमार कुमार श्रेष्ठ, थारु कल्याणकारीणि क्षेत्रीय क्षेत्र नम्बर १ का सभापति प्रकाश कुमार चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, चेम्बर अफ कमर्शका अध्यक्ष शितल भुसाल, होटल व्यवसायी संघका केन्द्रीय सदस्य नारायण भुसाल लगाएतकोले शुभकामाना मन्तव्य राखेका थिए।No description available.

उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षमा भएको महोत्सव उद्घाटन कार्यक्रममा देउखुरी उघोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष जागेश्वर बस्यालले गरेका थिए ।

महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिएको छ। जस अनुसार प्रथम हुने कुमाल समाज दाङलाई नगद १५ हजार नगद र प्रमाणपत्र, दोस्रो हुने नेपाल मगर सांस्कृतिक संघलाई नगद १० हजार र प्रमाणपत्र, तेस्रो हुने नेवा दवु लमहीलाई नगद ७ हजार ५ सय नगद सहित प्रमाणपत्र, र सान्त्वना हुने खीम बहादुर शाह माध्यामिक विद्यालयलाई नगद २ हजार ५ सय पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ भने विभिन्न स्थान बाट झाँकी जुलुसमा सहभागी भएका चौध वटा समुहलाई पांच हजार रुपैयाँ नगद प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु भएको छ ।No description available.

महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापार संग सम्बन्धित करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहेका छन् । जस अन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहेको अध्यक्ष खनालले बताएका छन् ।

भोलिका लागि कलाकार विन्दु परियार, चन्द्र शर्मा, मञ्जु भट्टराई र अनुप बुढामगर लगाएतका स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम तय भएको आयोजकले जनाएको हो । महोत्सवमा प्रवेशका लागि एक सय रुपैया प्रवेश शुल्क र विद्यार्थिलाई ८० रुपैँया टिकट दर राखिएको बताइएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका छन्। महोत्सव आज देखि २५ गतेसम्म चल्नेछ।

Facebook Comments