• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न




कमल खड्का
होलेरी, १२ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको १३ औं गाउँसभा बुधबार हेलेरीमा सम्पन्न भएको छ । विभिन्न बिषयका कार्यक्रमहरु पारित गर्दै १३ औं गाउँसभा सम्पन्न भएको हो । गाउँसभामा सभा सदस्यहरुले केही बिषयमा प्रश्न समेत उठाएका थिए ।

रुन्टीगढी गाउँपालिका वडा नं. ३ अध्यक्ष तथा गाउँसभा सदस्य गणेश गिरीले बिभिन्न क्षेत्रमा नीति नियम आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको थियो । उहाँले स्थानीय तहको नीति नियम बनाएर जान सरकारले २२ वटा अधिकार स्थानीय तहलाई दिएको बताउनु भयो ।

सभामा बोल्दै सभा सदस्य भुवन पुनले अरुम खोला पुलको स्थलगत अध्ययनपछि पनि योजनाको काम यथास्थिति अवस्थामा रहेको कुरा उल्लेख गर्दै बजेट फ्रिज हुने हो कि भनेर चिन्ता ब्यक्त गर्नुभएको थियो । साथै सभामा उहाँले वडाबाट सामाजिक सुरक्षा भत्ता बाड्ने कार्य एकदम राम्रो भएपनि बैंक कर्मचारीहरुले सेवा प्रभामा सन्तुष्ट बनाउन नसकेको कुरा बताउनु भएको थियो ।

वडा नं. ६ का अध्यक्ष तथा गाउँसभा सदस्य घन बहादुर घर्तीले योजना बनाएर अघि बढे गाउँपालिका सफल हुने कुरा ब्यक्त गर्नुभएको थियो । उहाँले सभामा ऐन कानुनका बारेमा सबै सभा सदस्यहरुलाई जानकारी हुनुपर्ने कुरा ब्यक्त गर्नु भएको थियो । त्यसै गरि गाउँसभाका बारेमा पनि ब्यवस्थीत गरेर संञ्चालन गर्नु पर्ने सुभाब राख्नु भएको थियो ।

वडा नं. ८ का अध्यक्ष तथा सभा सदस्य तुलसी पुनले महिलाका हक अधिकारका बारेमा पनि ऐन कानुन बनाएर बढ्न हुन समेत सुझाब राख्नु भएको थियो ।

सभामा चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेटमाथि भएको सम्बोधन तथा नयाँ कार्यक्रम सम्बन्धी प्रताव बजेट कार्यक्रमका संयोजक तथा रुन्टीगढी गाउँपालिकाकी उपाध्यक्ष सरिता केसीले प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष केसीले चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको सम्बोधन तथा नयाँ कार्यक्रमहरु सभा अध्यक्ष समक्ष पेश गर्नु भएको थियो । पेश भएको चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको सम्बोधन तथा नयाँ कार्यक्रमहरु सभा अध्यक्ष जनक पुनले निर्णयार्थ सभा समक्ष पेश गर्नु भएको थियो भने सभाले उक्त चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको सम्बोधन तथा नयाँ कार्यक्रमहरु पारित गरेको थियो ।

उक्त सभामा बोल्दै सभाध्यक्ष जनक पुनले जिम्मेवारी हिसाबले रुन्टीगढी बनाउनमा सबैको आ-आफ्नो ठाउँमा उत्तिकै जिम्मेवार रहेको कुरा बताउनुभयो । जिम्मेवारीका हिसाबले कोही पनि पन्छीन नहुने कुरा उल्लेख गर्दै अध्यक्ष पुनले गाउँपालिकामा कति पए ऐन कानुन बनी सकेको भएपनि कसैको हेर्ने र अध्ययन गर्ने चासो नभएका हुनाले समस्या भएको कुरा ब्यक्त गर्नु भएको थियो ।

अरुम खोला पुल बानाउन छुट्याको बजेटले प्राबिधिक स्टिमेट गर्दा नपुग्ने भएपछि टेन्डर आह्वान गर्न नसकिएको कुरामा जोड दिँदै उहाँले कतैबाट बजेट थप गरेर टेण्डर आह्वान गरिने जानकारी गराउनु भएको थियो ।

Facebook Comments