• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपमेयर कप छात्रा भलिवलमा जयसेर मावि विजयी




घोराही उपमहानगरपालिका दाङले आयोजना गरेको तेस्रो नगर स्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उपाधी जयसेर माध्यमिक विद्यालय रावतगाउँले जितेको छ ।

घोराहीको शहिद मञ्चमा बुधबार भएको अन्तिम खेलमा ३–१ सेटमा जयसेर मावि विजयी भएको हो । सामुदायिक र विजी गरि १६ वटा विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो । अन्तिम खेलमा जयरसेर मावि र पद्मोदय पब्लिक नमूना मावि भरतपुर विच खेल भएको हो ।

जस अनुसार जयसेर माविले २५–१५, २७–२५ र २५–२२ को तीन सेट जितेर विजेता बन्यो भने पद्मोदयले एक सेट २५–१४ जितेर उपविजेता बनेको हो । प्रतियोगितामा विजयी भएका टिमलाई यही माघ १५ गते नगरको स्थापना दिवसमा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता समापनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । त्यसैगरी प्रतियोगिता सञ्चालनका क्रममा विभिन्न जिम्मेवारीमा रहि कार्य गर्ने सबैलाई धन्यबाद समेत दिनुभएको छ ।

Facebook Comments