• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा फागुन ३ देखि प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनी हुने




दाङको घोराहीमा फागुन ३ देखि १३ गतेसम्म लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९ सञ्चालन हुने भएको छ ।
नेपाल घरेलु तथा सानाउद्योग महासंघ दाङले पत्रकार सम्मेलन गरी घोराही उपमहानगरपालिका, घोराही –१४ झिगौरा दाङमा प्रदर्शनी हुने जानकारी दिएको हो ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिकोआधार’ भन्ने मूल नारासहित प्रदर्शनी आयोजना गरिएको महासंघ दाङका अध्यक्ष प्रदीप मज्गैयाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ३०० देखि ३५० वटा लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, क्षेत्रका स्टलहरु रहने छन् । प्रदेशभरिका महासंघआबद्ध एक सय स्टल निःशुल्क हुने पनि आयोजकले जनाएको छ ।

सो अवधिभरि स्थानीइ एवं राष्ट्रियस्तरको सास्कृतिक कार्यक्रम हरेक दिन हुने छ । ‘दाङ जिल्ला र यस प्रदेशलाई राष्ट्रिय रुपमै पर्यटनको माध्यमले चिनाउन जिल्लाका र प्रदेशका प्रमुख पर्यटन गन्तव्य र मौलिक कला सस्कृतिको सम्भाव्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउन तथा राष्ट्रिय प्रर्यटन प्रवर्धन र प्रदेशको अर्थतन्त्र विकासमा यसपटकको महोत्सवलाई प्रमुख उद्देश्य एवं लक्षको रुपमा लिइएको छ’– पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा भनिएको छ ।

महोत्सवमा लुम्बिनीका सबै जिल्लालाई प्राथमिकता दिइने महासंघका सचिव नवीन पोख्रेलले जानकारी दिनुभयो ।

आयोजक संस्थाका अनुसार यस्ता छन् प्रदर्शनका उद्देश्यः

–लघु तथा घरेलु उद्योग र कृषि क्षेत्र वाट उत्पादन भएका वस्तुहरुको उचित वजारीकरण सहित गुणस्तरताको पहिचानगरि राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा प्रचार प्रसार गर्ने ।
–स्थानियस्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषि तथा उद्योगहरुमा प्रयोग हुने आघुनिक प्रविधिहरुको जानकारी सहित आन्तरिक एंव बाह्यप्रवर्धनमा टेवा पु्याउने ।
–महिला उद्यमशिलता तथा लघु घरेलु उद्योगवाट उत्पादित वस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमानसहरु र नागरिकमा स्वदेशीउत्पादनको प्रयोग गर्न प्रोत्साहानगर्ने ।
–प्रदेशको मौलिककला सस्कृती, सभ्यता र यहाँका मनमोहक प्राकृतिक सम्पदालाई राष्ट्रिय रुपमा चिनाउने
–कृषिको आधुनिकरणको लागि कृषि प्रबिधि हरुको प्रदर्शनी गर्ने
–स्थानियस्तरमा रहेका वेरोजगार एवं विपन्न यूवाहरुलाई समावेश गराई वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै स्वदेश मै गर्न सकिने सम्भाव्य शिपहरुको अध्ययन, अनुसन्धानगरि विभिन्न आवस्यकता अनसुारका सम्पुर्ण शिपमूलक तथा उद्यमविकास तालिमहरु संचालनगर्ने ।

विविध क्रियाकलापः

–लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पादित साथै कृषि तथा महिला उद्यमशिलताका वस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राख्न प्रमुख ग्राह्यताका साथ महोत्सवभित्र निर्माणहुने उत्कृष्ट स्थानका आकर्षक स्टलहरु निमार्ण गरिने ।
–उत्पादक र उपभोक्ताविच सिधासम्पर्क गराई स्थानियतथा स्वदेशी उत्पादनलाई प्रोत्साहनगर्दै विदेशि उत्पादनलाई प्रतिस्थापन गर्ने ।
–महिला उद्यमशिलता, लघु उद्यमीतथा हस्तकलाका उत्पादित सामग्रीहरुलाई प्रोत्साहनगदै उपभोक्ताहरुको रुचि, चाहाना र आवस्यकतालाई उत्पादकहरु सम्मपु्याउने ।
–प्रदेश क्षेत्रको धार्मिक तथा प्रयटकीय स्थलहरुको प्रचार प्रसार गरिआन्तरिक एंवबाह्यपर्यटन आवागमनमा बृद्धि गर्ने ।
–स्थानियमौलिककला, संस्कृतितथा रहनसहनको प्रवर्धन, सम्र्बधन र संरक्षण गर्नेकार्यक्रम गर्ने ।

टिकट दर
–साधारण टिकट रु. १००।–
विद्यार्थी, एंव“ग” र “घ” वर्गका अपाङ्गताका लागी रु. ५० – (परिचयपत्रअनिवार्य हुनु पर्ने छ) भने पुर्ण सशक्त र अतिअशक्तअपाङ्गताभएकाहरु र जेष्ठ नागरिकहरुलाई परिचयपत्रकाआधारमामाप्रवेश नि:शुल्कहुने छ ।९ अशक्तअपाङ्गताभएकाहरु र जेष्ठ नागरिकको हकमा एक जना सम्बन्धित ब्यक्ति अनिवार्य हुनु पर्नेछ ।
–स्टल बुकिङ्ग२०७९माघको २५ गतेगते सम्मगरि सक्नुपर्ने छ ।

Facebook Comments