• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता




माघ २५ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभाका एक सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा आएकी थिइन् । सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको हो ।

रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन ।

अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दल भित्र नरहेको बताइन । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

Facebook Comments