बाजुरामा ५. ९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउँसो पश्चिम नेपालका दाङ, सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।