• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली वडा नम्बर ३ र ८ जोड्ने ट्रस पुलको उद्घाटन




कमिरेचौर, ८ माघ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर तिन र आठ जोड्ने गरि निर्माण गरिएको ट्रस पुलको आज आइतबार उद्घाटन गरिएको छ । लामिदिवाली जेमुरे ट्रसको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (शुवास)ले उद्घाटन गर्नुभएको हो । पुल निर्माण उपभोक्ता समितका अध्यक्ष टिका बहादुर खैकल मगरको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ट आतिथ्यतामा पुलको उद्घाटन गरीएको हो ।

बंगलाचुली गाउँपालिकाको ४ लाख ६७ हजार ७ सय ८० नगद,उपभोक्ता समितको ७१ हजार ९ सय ६६ र एसपिए कार्यक्रमको ३० लाख ५८ हजार ५ सय ६५ गरी जम्मा ३५ लाख ८८ हजार ३ सय १२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ८ का २ सय २६ घरधुरीका १३ सय ५६ परिवार लाभान्वित हुने छन् ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहामगर , वडा नम्वर ३ का वडा सदस्य हरि प्रकास प्रसाद घर्तीमगर,सेवा प्रतिष्ठान नेपालका प्राविधिक दिपेश गौतम,सामाजिक परिचालक सरद कुमार चौधरी,बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठमगर,निवर्तमान वडा सदस्य श्रीर बहादुर राना,लुम बहादुर गाहा,खड्क मन्दिर हाँसिपुरका प्रधानाध्यापक शिशिर कुमार कार्की,माध्यामिक विद्यालय मुलाबारी भेडाबारीका शिक्षक टिकाराम खत्री लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण फनाधर गाहामगरले गर्नुभएको थियो ।

Facebook Comments